आगो ताप्ने क्रममा गुल्मीमा एकको मृत्यु
शुक्रबार, १७ पुस २०७२, १० : ३६
गुल्मी– गुल्मीको शान्तिपुरमा आगो ताप्ने क्रममा जलेर बिहीबार बेलुकी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विशुखर्क–१ बजेनी निवासी ३६ वर्षीय झकबहादुर सार्की रहेका छन् ।
शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर चारजनाको परिवार पाल्दै आएका उनी मदिरा सेवन गरेर घरमै बसेर आगो ताप्दै गर्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ । खाना खाएर सार्कीकी श्रीमती र छोरी नजिकैको होटेलमा टेलिभिजन हेर्न गएको अवस्थामा सार्की घरमै आगो ताप्दै बसेको बताइएको छ । आगोले झकबहादुरको शरीर पहिचान गर्न नसक्ने गरी पूरै जलेको छ । आगलागी कसरी भयो भन्ने बारेमा अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
-
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
-
रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार, भन्सार बुझाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण