ताप्लेजुङमा हिमपात, उच्च क्षेत्रमा चिसो बढेसँगै जनजीवन प्रभावित
ताप्लेजुङ– बिहीबार दिउँसो सामान्य वर्षा भएसँगै ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । बिहीबार रातिदेखि नै जिल्लाका उच्च भेगमा हिमपात भएको हो ।
हिमपातका कारण जिल्लाको उत्तरी भेगका उच्च क्षेत्र ओलाङ्चुङ्गोला, याङ्मा, घुन्सा, लेलेप, ग्याब्ला, तोक्पेगोला र फलेलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
यस्तै जिल्लाका अन्य उच्च क्षेत्रमा पर्ने बस्तीको जनजीवनसमेत प्रभावित बनेको छ । प्रशिद्ध तीर्थस्थल पाथिभरा क्षेत्रमा पनि बाक्लो हिमपात हुँदा पाथिभरा दर्शनार्थी पनि प्रभावित बनेका छन् । उच्च क्षेत्रका बस्तीमा हिमपात भएसँगै एक्कासि चिसो बढेको स्थानीयवासीले बताएका छन् ।
चिसोका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । यस्तै जिल्लाका उच्च क्षेत्रमा पर्ने याम्फुदिन, मामांखे, फाकुम्वा, इखाबु लगायतका क्षेत्रमासमेत अत्यधिक चिसो बढेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण