बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

महंगोमा बिक्दै एयर होस्टेजले चुम्बन गरेको च्याउ

शनिबार, १८ पुस २०७२, १३ : ५६
शनिबार, १८ पुस २०७२

एयर होस्टसहरुले किस गरेको स्याउ खाने चलन आजकल चीनमा बढेको छ । त्यस्ता स्याउको मूल्य पनि निकै बढी पर्ने गर्छ । यो स्याउको विज्ञापनमा एयर होस्टेसले स्याउलाई किस गरेको तस्विर समावेश गरिन्छ । सिचुआन साउथवेस्ट भोकेस्नल कलेज अफ सिभिल एभिएसनकास छात्राहरुले यसरी स्याउलाई चुम्बन गर्दै गरेको फोटो चिनियाँ बजारमा देखिन्छ । यस्तो मार्केटिंग रणनीति विशेषगरी पूरुषहरुका लागि लक्षित गरेर तयार पारिएको हो । यसमा एयर होस्टेसको चुम्बनलाई घर लैजानुस् भनेर पनि लेखिएको हुन्छ ।

केही बिक्रेताहरुले आफ्नो स्याउलाई ५ सयभन्दा बढी एयर होस्टेसले किस गरेको दाबी गर्छन् । यस्ता स्याउको मूल्य ९ दशमलव ९ युआनदेखी १ सय २९ दशमलव ९ युआनसँग पर्ने गरेको छ । एक बिक्रेता मिन लिंग भन्छिन्, हामी सिचुआन साउथवेस्ट मोकेस्नल कलेज अफ सिभिल एभियसनका हौँ । यसरी चुम्बन गरेर बेचिएका स्याउको मूल्य कलेजमा विद्यार्थीहरुका नयाँ आविष्कार र अन्य सामाग्रीका लागि खर्च गरिन्छ । त्यस्तै केही हिस्सा वृद्धहरुका लागि घर बनाउन चन्दा स्वरुप दिइन्छ । यो स्मिकको आलोचना र विरोध पनि चौतर्फी भइरहेको छ । त्यसैले थोरैमात्र परिमाणमा यस्ता स्याउको विक्री भइरहेको छ । तर अनलाईनमा यस्ता तस्विर भाइरल बन्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप