बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

बैंकमा २ सय ५० नहुँदा, ३ सय ५० करोड गुम्यो

आइतबार, १९ पुस २०७२, १७ : ०६
आइतबार, १९ पुस २०७२

यदी गोजीमा २ सय रुपैयाँ नभएर तपाई ३ सय ५० करोड भारतीय रुपैयाँ बराबरको लोटरी गुमाउनुहुन्छ भने त्यस्तो अवस्थामा के भन्नुहुन्छ । बेलायतका डेभिड र एडविना नायलनले २ सय रुपैँया नभएका कारण यति ठूलो चिट्ठा गुमाएका छन् । दुबै जना आफूलाई बेलायतकै सबैभन्दा अभागी जोडी मान्छन् ।

यसअघि चिट्ठा परेको पत्तो पाएपछि यो जोडी निकै खुसी भएको थियो । तर उनीहरुको खुसी लामो समय टिक्न सकेन । उनीहरुलाई थाहा भयो कि उनीहरुको एकाउन्टमा २ सय रुपैयाँ पनि छैन् । यति पैसा लोटरीको टिकटका लागि तिर्नुपर्ने थियो ।

डेभिडले १ , २ , ४ , १९, २८ र ४१ नम्बरको लोटरी टिकट अनलाईनबाट किनेका थिए । तर नायलनको एकाउन्टमा ६० पेनी मात्रै थियो । त्यसैले नायलनले तुरुन्तै टप अप गरिन् । उनले फेरि टिकट किन्ने प्रयास गरिन् । तर उनलाई त्यो नम्बर मिलेन । पछि त्यही नम्बरमा लोटरी पर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप