लगातार ५ फ्लप फिल्मपछि सैफले घटाए पारिश्रमिक
मुम्बई – लगातार ५ वटा चलचित्र असफल भएपछि बलिउड अभिनेता सैफ अलि खानले आफ्नो परिश्रमिक घटाएका छन् । तीन साल अघि सुनील खेत्रपालको एक चलचित्रका लागि १८ करोड लिएका सैफले ५० प्रतिशतभन्दा कम पारिश्रम लिँदै यसपटक ६ करोडमा नै चलचित्र खेल्न राजी भएका छन् । यद्यपि, उनको चलचित्र हिट भएमा उनले चलचत्रिको नाफाको ३५ प्रतिशत रकम प्राप्त गर्ने छन् । नाम नदिएको उक्त चलचित्र सन् २०१७ मा रिलिज हुने भनिएको छ । सन् २०१३ मा आएको ‘रेस २’ पछि सैफको सबै चलचित्र फ्लप भएको छ । सन् २०१३ मा आएको गो गोवा गन र बुलेट राजा, सन् २०१४ को हमशक्लस र ह्यापी एन्डिङ र सन् २०१५ को फ्यान्टम सबै फ्लप भएका थिए । यहाँसम्मकी आफ्नै ब्यानरमा बनाएको हम दिवाना दिल पनि असफल भएको थियो । अब्बास मस्तानले रेस सिरिजको अर्को चलचित्र बनाउने तयारी गरे पनि विवादका कारण उक्त चलचित्र बन्न सकेन । त्यस्तै बाजिगरको सिक्वल पनि शुरु हुन सकेको छैन । यसैबीच सैफको करियरमा गिरावट आयो र उनलाई अब कम पारिश्रमिकमा मात्र चलचित्र अफर हुन थाल्यो । जसले गर्दा उनले आफ्नो पारिश्रमिक घटाउनुपरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण