मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्मिथ र बेलीसामु रोहितको शतक ओझेलमा : पहिलो वानडेमा भारत पराजित

मङ्गलबार, २८ पुस २०७२, १६ : ४३
मङ्गलबार, २८ पुस २०७२

पर्थ – कप्तान स्टिभन स्मिथ र जर्ज बेलीले शतक बनाएपछि अस्ट्रेलियाले भारतलाई एकदिवसीय श्रृंखलाको पहिलो खेलमा ५ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गर्दै भारतले तय गरेको ३ सय १० रनको लक्ष्य अस्ट्रेलियाले ४९.२ आभेरमा ५ विकेटको क्षतिमा पछ्यायो । अस्ट्रेलियालाई जीत दिलाउने क्रममा स्मिथले १ सय ३५ बलमा १ सय ४९ रन बनाए । उनले ११ चौका र २ छक्का हिर्काए । त्यस्तै जर्ज बेलीले ७ चौका र २ छक्काको मद्दतले १ सय १२ रन बनाए । २१ रनमा २ विकेट गुमाएको स्थितिमा अस्ट्रेलियाको इनिङ सम्हाल्दै दुवै मिलेर तेस्रो विकेटको लागि २ सय ४२ रनको साझेदारी गरे । भारतका लागि डेब्यु गरेका बरिन्दर सरनले ३ तथा रविचन्द्र आश्विनले २ विकेट लिए । यसअघि रोहित शर्माले अविजित रहँदै शतक बनाएपछि भारतले अस्ट्रेलियाविरुद्ध  जीतका लागि ३ सय १० रनको चुनौती प्रस्तुत गरेको थियो । पर्थमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गर्दै भारतले निर्धारित ५० ओभरमा ३ विकेटको क्षतिमा ३ सय ९ रन बनायो । अस्ट्रेलियाविरुद्ध उसैको घरेलु मैदानमा भारतले बनाएको यो सर्वाधिक ठूलो स्कोर पनि थियो । भारतको शुरुवात भने राम्रो हुन सकेन । छैटौं ओभरमा नै ९ रन बनाएका शिखर धवनलाई गुमायो । तर, त्यसपछि आएका विराट कोहलीसँग रोहितले रकेर्ड साझेदारी गर्दै भारतलाई विशाल लक्ष्यतर्फ अघि बढाए । रोहित र कोहलीले दोस्रो विकेटका लागि २ सय ७ रनको साझेदारी गरे । दोस्रो विकेटका लागि अस्ट्रेलियाविरुद्ध भारतको लागि यो सर्वाधिक ठूलो साझेदारी हो ।

रोहितले १ सय ६३ बलको सामना गर्दै १३ चौका र ७ छक्काको मद्दतले १ सय ७१ रन बनाए भने जेम्स फकनरको बलमा आउट हुनअघि विराटले ९१ रन बनाए । रोहितले १ सय ५० रनभन्दा बढी व्यक्तिगत स्कोर बनाएको यो चौंथो अवसर हो । उनीभन्दा सचिन तेन्दुलर मात्र अगाडि छन् । रोहित अस्ट्रेलियाविरुद्ध सबैभन्दा चाँडो १ हजार रन पूरा गर्ने खेलाडी पनि बनेका छन् । रोहितले बनाएको १ सय ७१ रन अस्ट्रेलियामा पाहुना टोलीको ब्याटसम्यानले बनाएको सबैभ्न्दा उच्च स्कोर हो । यसअघि यो रकेर्ड भिभ रिचर्डको नाममा थियो । अस्ट्रेलियाका लागि जेम्स फल्कनरले २ विकेट लिए भने जस हेजलवुडले एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप