चार दर्जनभन्दा बढि विप्लव माओवादी प्रवेश
पाल्पा–नयाँ जनवादी क्रान्ति स्थापनाको बाटोमा अग्रसर रहेको विप्लव नेतृत्वको नेकपा माओवादीमा प्रवेश गर्नेको लहर नै चल्न थालेको छ । पाल्पा जिल्लामा यसै क्रममा विभिन्न पार्टी छाडेर विप्लव नेतृत्वको माओवादीमा प्रवेश गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ । यसअघि विभिन्न पार्टीबाट एक दर्जन बढी जिल्ला नेता प्रवेश गरेकोमा सोमवार एकीकृत नेकपा माओवादी जिल्ला सदस्य त्यागी कचल–९ का बासुदेव पन्थ ‘विवेक’ नेकपा माओवादीमा प्रवेश गरेका छन् । उनीसहित चार दर्जनभन्दा बढि नेकपा माओवादीमा प्रवेश गरेका छन् । उनले २०५५ सालदेखि माओवादी आन्दोलनमा लागेको भएता पनि एमाओवादी नेतृत्वले पार्टी नीति छाडी क्रान्ति र जनतालाई धोका दिँदै संसदवादी र अवसरवादी भएका कारण अधुरो क्रान्ती पूरा गर्ने नयाँ अभियानका साथ नयाँ पार्टीमा प्रवेश गरेको एक विज्ञप्ती जारी गरी जानकारी दिएका छन् । उनले अन्योलमा रहेका सम्पूर्ण क्रान्तिकारी सदस्यलाई समेत नेकपा माओवादीको मागोल वन्द हुन आग्रह समेत गरेका छन् । पन्थलाई एक कार्यक्रमकाबीच जिल्ला जनसरकार प्रमूख भुवन जिसी, जिल्ला सेक्रेटरी धिरज राना, राष्ट्रिय युवाजनी स्वमयम् सेवकका जिल्ला संयोजक सुकुमार लगायतले पार्टीमा स्वागत समेत गरेका छन् । पार्टी प्रवेश गराउँदै जिल्ला सेक्रेटरी धिरजले नेपाली जनताको मुक्तीको लागि सम्पूर्ण जनताहरु एकजुट हुनुपर्ने बेला आएको बताए । उनले नेपाली जनता एक नहुँदा विदेशी हस्तक्षेप बढेको र राजनीतिक अस्थिरता निम्तिएको बताउँदै त्यसको विरुद्ध आफ्नो पार्टीले जनताको साथमा आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण