समाचार संकलन गरेर फर्किएका दुई पत्रकारको हत्या
इराक–एक इराकी टेलिभिजन पत्रकार र एक फोटो पत्रकार इराकको उत्तरी प्रान्त दियालामा मङ्गलबार मारिएको यहाँको प्रान्तीय प्रहरी स्रोतले जनाएको छ ।
उक्त इलाकामा दुई दिन पहिले गरिएको आत्मघाती बम हमलापछि विभिन्न गुट, उपगुटबीच तनाव देखिएपछि उनीहरु त्यहाँको समाचार सङ्कलन गर्न पुगेका थिए ।
मृतक पत्रकार सैयफ तलाल र फोटो पत्रकार हसन अल अङबाकी अल–सारकियाह टीभीमा कार्यरत थिए ।
उनीहरु सोमबार साँझ मकदादिहाह सहरमा भएको बम हमलाको समाचार तयार पारी बकुबा फर्किने क्रममा बाटैबाट बेपत्ता भएका थिए ।
उनीहरुको मृत शरीर बाजिहियाह इलाकाको सडक नजिकै एकान्तमा फालिएको अवस्थामा भेटिएको आफ्नो नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले बताए ।
बकुबा इराकको केन्द्रीय राजधानी बग्दाददेखि ६५ किलोमिटर उत्तरपूर्वमा अवस्थित छ ।
सोमबारका दुई भिन्न बम आक्रमणका घटनाबाट २७ जनाको मृत्यु हुनाका साथै ५५ जनाभन्दा बढी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण