शृंखलाबद्ध आक्रमणमा चारको मृत्यु, आतङ्कले डराउदैनौँ : राष्ट्रपति जोको
जकार्ता–इन्डोनेसियाको राजधानी जकार्तामा बिहीबार शृंखलाबद्ध रुपमा विस्फोट र आक्रमण भएको छ । जकार्ताको मध्य सहरमा रहेका विभिन्न देशका दूतावासहरुका साथै संयुक्त राष्ट्रसंघीय कार्यालयको नजिक पारेर ती विस्फोट र बन्दुक हमला भएका छन् । साथै सहरको मध्य भागमा रहेको एक क्याफे लगायतका स्थानलाई पनि हमलाकारीले निशाना बनाएको प्रारम्भिक रुपमा देखिएको बताइएको छ । ती आक्रमणमा परी चार जनाको ज्यान गएको पुष्टि भएको छ । हमलाको बारेमा पूर्ण विवरण आइसकेको छैन । प्रहरीले त्यस आक्रमणमा सम्लग्नहरुलाई खोजी गरिरहेको जनाएको छ । घटनाको अनुसन्धान सुरु भएको र थप विवरणहरु प्राप्त नभएका जनाइएको छ । यस घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । तर पनि सरकारी सुरक्षा अधिकारीहरुले भने यसमा आइएसको सम्लग्नताको आशङ्का गरिरहेका जनाइएको छ । इन्डोनेसियाली राष्ट्रपति जोको विदोदोले इन्डोनेसियामा बिहीबार भएको विस्फोटको घटना आतङ्कवादी क्रियाकलाप हो भनेका छन् । राष्ट्रपति जोकोले यस्ता क्रियाकलापबाट इन्डोनेसिया र इन्डोनेसियाली नागरिक नडराउने पनि स्पष्ट गरेका राजधानी जकार्ताबाट जनाइएको छ । इन्डोनेसियामा बिहीबार शृंखलाबद्ध विस्फोट भएको र एक ठाउमा भने बन्दुकधारीले नै हमला गरेका जनाइएको थियो । सो विस्फोटमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । सो हमलामा अरु कैयौँ घाइते पनि भएका छन् । यस विस्फोटलाई आतङ्कवादी कार्य भन्दै उनले यस्ता आतङ्ककारी क्रियाकलापबाट इन्डोनेसिया कहिल्यै पनि पराजित नहुने बताए । उनले सबै नागरिकलाई शान्त र संयम रहन पनि आग्रह गरेका छन् । देशमा सार्वजनिक शान्ति र सुव्यवस्था खल्बलाउने तत्वले यस्तो विस्फोट गराएको बताए । यस्तो आतङ्कबाट इन्डोनेसियाली सरकारलाई आफ्नो देश र जनताको सुरक्षा प्रदान गर्ने काममा कुनै पनि अवस्थामा बिचलित नबनाउने पनि उनले बताए । यस आक्रमणको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण