मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयव्यय विवरण बुझाउने अन्तिम दिन आन्तरिक राजश्वको वेवसाइटमा समस्या हुँदा करदाता मारमा

बिहीबार, ३० पुस २०७२, १९ : ०९
बिहीबार, ३० पुस २०७२

काठमाडौं–आय वर्ष २०७१ र ७२ को आय र व्यय विवरण बुझाउने अन्तिम मिति अर्थात आज पुस मसान्तका दिन दिनभरजसो आन्तरिक राजश्व विभागको वेव साइटमा समस्या देखिएको छ । राजधानीका विभिन्न स्थानमा कतै साइट नै ’ह्यांङ’ हुने, कतै अपलोड गर्नुपर्ने फाइलहरु नै अपलोड नहुने, कतै आयकर भर्ने फारम नै नखुल्नेजस्ता समस्या देखिएका कारण दिनभर करदाताहरुले हैरानी खेप्नुपरेको छ भने धेरैजसो करदाताले आयव्यय विवरण बुझाउनै पाएनन् । आन्तरिक राजश्व विभागको नियमअनुसार आजसम्म आयव्यय विवरण नबुझाए विभागले तोके बमोजिम जरिवाना तिर्नुपर्छ । यता भ्याट बुझाउने अन्तिम मिति आन्तरिक राजश्व विभागले पटक–पटक सारेका कारण आयव्यय विवरण बुझाउने अन्तिम मिति पनि विभागले सार्छ भन्ने धेरै करदाताको अड्कल थियो । तर, उक्त अड्कल विपरित आन्तरिक राजश्व विभागले आयव्य विवरण बुझाउने अन्तिम मिति नासारेपछि आज सर्भरमा चाप परेको विज्ञहरु बताउँछन् । रातोपाटीसँग कुराकानी गर्दै कर विज्ञ मुकुन्ददेव अधिकारीले करदाताले चाहाँदा–चाहाँदै पनि आयव्यय विवरण बुझाउने नपाएको बताए । ‘आज राजधानीका अधिकांश ठाउँमा आन्तरिक राजश्व विभागको वेव साइटमा समस्या देखियो । विभागको सर्भरले चाप साहन नसकेका कारण करदाताले आयव्यय विवरण बुझाउन पाएनन् । विभागकै कमजोरीका कारण भएको करदाताले कर बुझाउन नपाएकाले अव के आधारमा विभागले जरिवाना उठाउने भन्ने प्रश्न उठेको छ’ उनले भने । यता आन्तरिक राजस्व विभागका कर्मचारी पनि वेवसाइटमा समस्या रहेको स्वीकार्छन् । ‘आज आयव्यय विवरण बुझाउने अन्तिम मिति भएकाले पनि साइटमा समस्या देखिएको छ । यस अघिपनि यसखाले समस्या हुने गरेको थियो । करदाता सेवा कार्यालयका एक कर्मचारीले रातोपाटीलाई बताए ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप