परियोजनाको सहयोगमा तीव्रता
नेपालगन्ज–एकीकृत परियोजनाअन्तर्गत बाँके जिल्लाका १९ विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई बाँके युनेस्को क्लबले शैक्षिक सहयोग उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहयोगमा क्लबले ती विद्यालयका शैक्षिक पूर्वाधार निर्माणका लागि आवश्यक शिक्षण सामग्री तथा त्यहाँ अध्ययनरतमध्ये अपाङ्ग, अभिभावक नभएका र गरिब परिवारका १०० बालबालिकालाई सहयोग गर्ने जनाएको छ ।
सन् २०१५ देखि २०१८ सम्म सञ्चालन अवधि रहेको एकीकृत परियोजनाअन्तर्गत समेटिएका विद्यालयका शिक्षक, शिक्षिका, प्रधानाध्यापक र विद्यालय निरीक्षकलाई पनि गुणस्तरीय सिकाइसम्बन्धी अभिमुखीकरण गर्दै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकी बताउँछन् ।
परियोजनाअन्तर्गत क्लबले विद्यार्थीलाई विद्यालय पोसाक, पोसाक सिलाउन प्रतिविद्यार्थीलाई नगद रु ४००, एक वर्षका लागि पुग्ने कापी, कलम, झोलालगायत सामग्री वितरण गर्ने जनाइएको छ ।
विद्यालयमा भर्ना हुने दर, आर्थिक कारणले बीचमै विद्यालय छाड्ने सङ्ख्या घटाउने तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाअन्तर्गत बाल संरक्षण र बालअधिकार तथा सुशासन विषय पनि समेटिएको छ ।
“यो परियोजना साँच्चै नै जिल्लाको शैक्षिकस्तरलाई उचाइमा पु¥याउन सफल हुने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न कोसेढुङ्गा सावित हुन सक्ने देखिन्छ”–नेपाल राष्ट्रिय निमाविकी प्रधानाध्यापक ललिता उपाध्यायको ठम्याइ छ ।
सोही कार्यक्रमअन्तर्गत क्लबले स्थानीय बेलासपुरस्थित बागेश्वरी प्राविलाई रु एक लाख ४३ हजारबराबर कार्पेट, पि–फम, जुत्ता राख्ने दराज, ठूलो गोलो टेबल १२ थान र एक थान भ्याकुम क्लिनर हस्तान्तरण गरेको छ भने अन्य विद्यालयलाई पनि क्रमशः यस्तैखाले सहयोग उपलब्ध गराउँदै जाने संयोजक किरण जोशीले बताए ।
यसैगरी, परियोजनाअन्तर्गत क्लबले अहिलेसम्म जिल्लाका १७ मदरसा र दुई विद्यालयलाई प्रतिविद्यालय र मदरसालाई रु १६÷१६ हजार बराबरको शिक्षण सामग्री उपलब्ध गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण