शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

संसद् बैठक अझै सुरु भएन, शीर्ष नेताबीच छलफल

मङ्गलबार, ०५ माघ २०७२, १४ : ३३
मङ्गलबार, ०५ माघ २०७२
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रमुख राजनीतिक दलका शीर्ष नेता र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकबीच अहिले संसद्को कार्यसूची र बैठक सञ्चालन सम्बन्धमा केन्द्रित रहेर छलफल भइरहेको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा भइरहेको उक्त छलफलले नेपालको संविधानको (पहिलो संशोधन) विधेयकलाई कसरी अघि बढाउने भन्नेमा निचोड निकाल्ने छ । संविधान संशोधन विधेयकमाथि दफावार छलफल गर्ने उद्देश्यका साथ संसद्को बैठक आज अपराह्न १ बजे बस्ने गरी बोलाइए पनि अहिलेसम्म बैठक बस्न सकेको छैन । संविधान संशोधनका विषयमा आन्दोलनरत मधेसकेन्द्रित दलसँग सहमति कायम गर्न यसअघिका संसद् बैठक पटक पटक स्थगन भएका थिए भने आजको बैठक निकै लामो समयपछि बस्न लागेको हो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप