शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संविधान संशोधन प्रक्रिया माघ ७ गतेसम्मको लागि स्थगित

मङ्गलबार, ०५ माघ २०७२, १६ : २३
मङ्गलबार, ०५ माघ २०७२

काठमाडौं – मधेसीको मोर्चाको मागलाई सम्बोधन गर्न भन्दै संविधान संशोधन प्रक्रिया आगामी माघ ७ गतेसम्मको लागि स्थगित भएको छ । मोर्चासँग सहमति नभई सकेको र सहमतिको प्रयासको लागि भन्दै आगामी माग ७ गतेसम्मको लागि सो प्रक्रिअया स्थगित गरिएको हो । सभामुख ओनसरी घर्तीसहित मंगलबार बसेको शीर्ष तीन दलको बैठकले मधेसी मोर्चासँग सहमतिको प्रयास स्वरुप ७ गतेसम्मको लागि प्रक्रिया स्थगित गरिएको एमाले नेता तथा उपप्रधानमन्त्री भीम रावलले जानकारी दिए । आउँदो ७ गतेदेखि संविधान संशोधनमा छलफल सुरु हुने जानकारी दिँदै उनले भने, ‘९ गतेसम्म पनि सहमति भएन भने पास गरेर जानुपर्ने हुन्छ ।’ यसअघि नै मोर्चाको माग अनुसार संविधान संशोधन विधेयक संसदमा दर्ता भैसकेको छ ।यसैबीच सो बाहेकका अरु विधेयक माथि भने बफादार छलफल भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप