मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ विद्युतीय भुक्तानी प्रणाली सम्झौता
काठमाडौं–मेगा बैंक नेपाल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (आइपीएस) सेवाको सम्झौता भएको छ ।
सम्झौतामा मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।
अब क्लियरिङ हाउसले अन्तर बैंक विद्युतीय भुक्तानी सेवा सञ्चालनका लागि मेगा बैकलाई प्रणाली उपलब्ध गराउनेछ । त्यसपछि मेगा बैंकले अन्तर बैंक भुक्तानीको सेवा सुरुवात गर्नेछ । सम्झौताअनुसार कम्पनीसँग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुको खातामा भुक्तानी दिने र लिने लगायत कारोबारहरु स्वचालित रुपमा सञ्चालन हुनेछ ।
यो प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकको रकम स्थानान्तरण, लाभांश भुक्तानी, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन तलब र भुक्तानी, रेमिट्यान्स लगायतका भुक्तानी दिने तथा लिने सेवा सञ्चालन हुने बताइएको छ । प्रणालीमार्फत हुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबार पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत सरल भुक्तानी सेवासमेत ग्राहकलाई प्रदान गर्न सकिने मेगा बैंकले जनाएको छ ।
मेगा बैंकका अहिले देशभर २९ वटा शाखा, ५३ स्थाामा शाखारहित बैंकिङ सेवा, ३२ वटा मेगा मनी मेशिन र १३ सय ४४ भन्दा बढी स्थानमा रेमिट्यान्स सञ्जाल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण