शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पश्चिमी वायुको प्रभावले चिसो बढ्यो, शुक्रबारदेखि मात्रै मौसममा सुधार आउने

बुधबार, ०६ माघ २०७२, ०१ : १९
बुधबार, ०६ माघ २०७२

काठमाडौँ, माघ ६– काठमाडौँ उपत्यकालगायत देशभरको मौसममा बदली आउँदा मंगलबारदेखि अत्यधिक चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव तथा न्यून चापीय रेखाको प्रभावको कारणले देशभरिकै मौसममा बदली आएको हो । पछिल्लो बदलावसँगै मुलुकभर नै हल्का वर्षा हुन सक्नेछ । सोहि अनुसार मंगलबार साँझ काठमाडौं उपत्यकामा हल्का वर्षा भएको छ ।

उच्च हिमाली क्षेत्र र तथा उच्च पहाडी क्षेत्रमा चर्को हिमपात हुने विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार काठमाडौँलगायत पश्चिमी क्षेत्रमा आज मौसम बदली हुनेछ ।

आज मुस्ताङ, मनाङ, जोमसोम, रसुवा, धादिङ, रसुवा, सिन्धुपाल्चोकको उच्च क्षेत्रमा हिमपात भएको कँडेलले जानकारी दिँदै हिममातको मात्रा थप बढ्न सक्ने बताइन् । हिमपातका कारण भूकम्पबाट घरबारविहीन भएका भूकम्पपीडित बढी समस्यामा परेका छन् ।

विभागका अनुसार मुलुकभरको मौसम बिहीबारबाट मात्रै क्रमिक सुधार आउनेछ ।

पश्चिमी वायुको चाप क्रमशः पूर्वतिर सर्दै गएपछि काठमाडौँलगायतका स्थानमा मौसम सामान्य बन्ने विभागको भनाइ छ । शुक्रबारबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् कँडेलले बताइन् ।

विभागका अनुसार मंगलबार काठमाडौँको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १९.७ डिग्री सेल्सियस पुगेको थियो ।

यस्तै जुम्लाको तापक्रम माइनस ४.६ डिग्री सेल्सियस , दीपायलमा ३.६, डडेल्धुरा ३.४, वीरेन्द्रनगर ४.०, दाङको ५.४ डिग्री सेल्सियस तापक्रम हुँदा जिरीको ०.६, जोमसोमको माइनस २.५ तापक्रम रहेको थियो ।

विभागले मौसममा आएको बदलीका कारण उच्च हिमाली क्षेत्रमा हुने हवाई उडान हुनसक्नेछ ।  जबर्जस्ती उडान नगर्न विभागले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप