बसको ठक्करबाट दाङमा एकको मृत्यु
बुधबार, ०६ माघ २०७२, १६ : ४३
दाङ–आज यहाँ भएको एक सवारी दुर्घटनामा एक व्यक्तिको मुत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखण्डको मानपुर–९ फोटिनाइनचोक नजिकै आज ना ५ ख ९७३ नम्बरको बसको ठक्करबाट सल्यान–९ सिवरथ निवासी ५० वर्षीय पदम बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको बसको ठक्करबाट बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । मृतक बुढाथोकीको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरमा परीक्षणका लागि लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण