सामूहिक बलात्कारपछि किशोरीको हत्या
जाजरकोट– रुकुममा सामूहिक बलात्कारपछि एक किशोरीको हत्या भएको छ ।
जङ्गलमा दाउरा लिन गएको बेला खोलागाउँ गाविस–५ सर्केनाकी १६ वर्षीया सुस्मिता शाहको सामूहिक बलात्कारपछि मङ्गलबार हत्या भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको जङ्गलमा दाउरा लिन गएकी सुस्मिता राति अबेरसम्म पनि घरमा नफर्किएपछि परिवारले उनको खोजी गरेको थियो । सोमवार साँझ ४ बजे दाउरा लिन गएकी उनलाई मङ्गलबार मात्र रुखमा झुन्डिरहेको अवस्थामा परिवारका सदस्यले भेटृाएका थिए ।
जिल्ला अस्पताल जाजरकोटमा शव परीक्षणका लागि ल्याइएकी मृतक शाहको सामूहिक बलात्कारपछि हत्या भएको जिल्ला अस्पताल जाजरकोटका डा दीपक पुनले बताए । डा पुनले मृतक शाहलाई सामूहिक बलात्कार गरेर हत्या गरिएको अवस्था देखिएको बताए ।
मृतकलाई केही दिनअघि नचिनेको नम्बरबाट केही केटाले फोन गरेर धम्की दिने गरेको र उनीहरुले नै उनको हत्या गरेको हुनुपर्ने खोलागाउँकै स्थानीय निर्मल शाह बताउँछन् । हिमालय उच्च मावि खोलागाउँमा ११ कक्षामा अध्ययनरत शाहको हत्यापछि गाउँ नै शोकमा डुबेको उनले सुनाए ।
प्रहरीले घटनाको गम्भीररुपमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक पुष्पकमल श्रेष्ठले बताए । हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याएर कडाभन्दा कडा सजाय गर्नुपर्ने पीडित परिवार र स्थानीयले माग गरेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण