शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

भुकम्प पीडितबाट उठाएको रकम सचिव र नेताको खल्तीमा

बिहीबार, ०७ माघ २०७२, १२ : १५
बिहीबार, ०७ माघ २०७२
सिन्धुली – भीमस्थान गाविसका भुकम्प पिडितबाट राहत वितरणको क्रममा कार्ड शुल्क भन्दै काटिएको दुई सय रुपयाँमा स्थानीय राजनीतिक दल र गाविस सचिवले अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन् । ७ सय ६२ स्थानीयबाट लिएको सो एक लाख ५२ हजार ४ सय रुपयामा गाविस सचिव र राजनीतिक दलले अनियमितता गरेको उनीहरुको भनाई छ । भुकम्पबाट घर भत्किएका परिवारलाई न्यानो कपडा वापतको १० हजार वितरण गर्दा काड शुल्क भन्दै दुई सय लिएको स्थानीय कमला श्रेष्ठले वताइन् । पिडित कमलाको अनुसार दुई सय दिए मात्र दश हजार पाउने नत्र नपाउने नेताहरुले भने पछि दुई सय तिरेको र त्यो कुनै पनि प्रहरी वा वाहिरका मासिनलाई नदेखाउन भनिएको थियो । भिमस्थान गाविसमा करिव १ हजार २ सय ५० घरधुरी रहेको मध्य ७ सय ६२ घरधुरीले राहत प्राप्त गरेका छन् । गाविसका प्रत्यक घरसँग विविध आम्दानी भन्दै नगद दुई सय रुपया लिए पनि कति आम्दानी भयो हाल सम्म गाविसको खातामा आएको छैन । स्थानीय नेकपा एमालेका नेता हेमबहादुर श्रेष्ठका अनुसार गाविसमा सर्वदलीय छलफल पछि नागरिक वडा मञ्चको कार्यालय व्यावस्थापन गर्नको लागि काड वितरण गर्दा उठाउने सहमति भए अनुसार नागरिक वडा मञ्चले गाविसको रसिद काटेर दुई सय लिएको हो । उनले भने,“वडा नागरिक मञ्चको कार्यालय व्यावस्थापन लटरप्याड छपाई तथा अन्य व्यावस्थापनको लागि लिएको हो, सबैले दिएका छैनन् ।” तर गाविस सचिव विष्णुप्रसाद काफ्लेका अनुसार गाविसको आन्तरिक श्रोत वृद्धिको लागि रकम लिइएको हो । भुकम्प विडितको कार्ड वितरणको नाममा रकम नलिएको वताउदै उनले समाचार नलेखिदिन समेत अनुरोध गरे । गाविसको विविध आम्दान खास कुन प्रयोजनको लागि नखुलाई लेखिएको छ । रसिदमा गाविस कार्यालयको छाप लगाईएको छैन । गविस सचव काफ्लेका अनुसार यस वर्ष ३ हजार १ सय सम्म मात्र रसिद सपाईको छ, तर एक कमला श्रेष्ठको नाममा काटिएको रसिद नै ४ हजार ८ सय ७२ रहेको छ । यस विषयमा प्रमख जिल्ला अधिकारी दिपकराज नेपालले सवुत प्रमाण सहित लिखित निवेदन दिएमा कारवाहि हुने बताए । स्थानीयले दुई सय फिता लिन जिल्ला प्रशासन आएर निवेदन दिन गाडि भाडा मात्र करिव दुई सय लाग्छ र एक दिन लाग्छ यस्तो अवस्थामा पिडितले न्याय पाउन नसक्ने सरोकारवाला वताउछन् । सबैलाई राहत वाड्ने नाममा पिडितबाट रकम असुली भिमस्थान गाविसका स्थानीय राजनीतिक दल, वडा नागरिक मञ्च र गाविस सचिवको मिलेमतोमा राहत नपाएकालाई पनि राहत दिने भन्दै वास्तविक भिकम्प पिडितबाट रकम असुली गरिएको पिडितहरुले वताएको छ । गासिका सबैलाई भुकम्प आएको हो सबैलाई राहत दिनु पर्छ भन्दै स्थानीय राजनीतिक दलका एक नेता हेमबहादुर श्रेष्ठले पन्ध्र हजार मध्य पाँच हजार मागेर लगको स्थानीय पिडित भक्तबहादुर श्रेष्ठले बताए । उनका अनुसार गाविसका सबैसँग पाँच÷पाँच हजार फिर्ता लगेको छ । उनका अनुसार पाँच हजार फिर्ता नदिनेलाई पछि आउने सुविधा उपलब्ध नहुने वताउदै पाँच हजार मागको हो । यस विषयमा हेमाबहादुरले आफुले कसै सँग पनि रकम नलिएको जिकिर गरे । आफ्नो चरित्र हत्या गर्ने नियतका साथ केहिले वताएको तर आफूले कोहि साँग पनि रकम नलिएको बताए । स्थानीय राजनितक दल स्थानीय राजनितिक दलका नेताले आफ्नो प्रभाव वडाउनको लागि नभत्तिकिएको घरलाई पनि काड वितरण गरेको र पछि राहात आउने वताउने गरेको स्थानीयले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप