शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनको कारण आर्थिक क्रियाकलापले गति लिन सकेन

बिहीबार, ०७ माघ २०७२, १३ : ४४
बिहीबार, ०७ माघ २०७२

वीरगन्ज– मधेस आन्दोलन र नाकाबन्दीका कारण इन्धन लगायत अत्यावश्यक वस्तुको आपुर्ति प्रयाप्त मात्रामा हुन नकसकेकाले मुलुकको आर्थिक क्रियाकलापले गति लिन नसकेको नेपाल राष्ट्र बैंकले जानकारी दिए । वीरगन्जमा नेपाल राष्ट्र बैंकले आयोजना गरेको क्षेत्रीय स्तरमा वित्तीय क्षेत्र समन्वय संयन्त्र निर्माण सम्बन्धि अन्तरकृया कार्यक्रममा बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशन नर बहादुर थापाले आन्दोलनका कारण चालु आर्थिक वर्षको साउन देखि मंसिर सम्म पाच महिनाको अवधीमा आर्थिक क्रियाकलाप गति लिन नकसकेको बताए । चालु आर्थिक बर्षको मंसिर सम्म ५ महिनाको अवधिमा ११ दशमलव ६ प्रतिशतले मूल्य वृद्धी भएको उनले जानकारी दिए । तर वीरगन्ज बाहेक अन्य नाकाबाट केहि साता यता आयात सहज हुदै गएकाले आर्थिक क्रियाकलापमा सकरात्मक संकेत देखिएको उनले बताए । पाच महिनाको अवधीमा १८ अर्ब ३५ करोड रुपैया मात्रको पेट्रोलियम पदार्थ आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको उक्त पाच महिनाको अवधीमा भने ४९ अर्ब ८८ करोड मुल्यको पेट्रोलियम पदार्थ आयात भएको थियो । तराई मधेस क्षेत्रमा जारी आन्दोलन तथा सीमा नाकामा जारी अवरोधका कारण आपूर्ति व्यवस्थामा समस्या उत्पन्न भएकोले पेट्रोलियम पदार्थ लगायतका वस्तुहरुको आयात घट्न गई समीक्षा अवधिमा समग्र आयातको वृद्धि दर ऋणात्मक रहेको थापाले बताए । यस्तै पाच महिनाको अवधीमा नेपालबाट २६ अर्ब रुपैया बराबरको मालसामान निर्यात भएको छ । तर अघिल्लो अवर्ष उक्त अवधीमै ३६ अर्ब रुपैया बराबरको सामान निर्यात भएको थियो ।

आयात र निर्यातमा आएको कमीका कारण समीक्षा अवधीमा कुल व्यपार घाटा ३२.४ प्रतिशतले घटेर एक सय ८७ अर्ब ६६ करोडमा सिमित भएको थापाले बताए । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १९.१ प्रतिशतले बढेको थियो । आन्दोलनका कारण पाच महिनाको अवधीमा वीरगन्ज भन्सार नाकाबाट हुने व्यपार ६७ प्रतिशतले घटेको छ । यस्तै अन्य प्रमुख नाकाहरु विराटनगर भन्सारबाट ११.५ , भैरहवा भन्सारबाट २.७ र नेपालगंज भन्सार नाकाबाट २.५ प्रतिशतले व्यपार घटेको थापाले जानकारी दिए । नेपाल राष्ट्रिय बैंकसंग हाल दुइ सय सात अर्ब भारु संचिती रहेको बताउदै थापाले चार अर्ब ३१ करोड भारु नगद मौज्दात रहेको पनि जानकारी दिए । चालु आवको पाच महिनामा वाणिज्य बैंकहरुले ७८ अर्ब रुपैया निक्षेप संकलन गरेपनि त्यस मध्ये ४२ प्रतिशत मात्र कर्जा प्रवाह गरेको उनले बताए ।

क्षेत्रगत आधारमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी अर्थात् १३.२ , पहाडमा १२.४ , हिमालमा १०.३ र तराई मधेसमा १०.२ प्रतिशतले मुल्य वृद्धि भएको उनले बताए । अघिल्लो आर्थिक वर्षको पाच महिनाको अवधीमा सात प्रतिशतले मात्र मुल्यबृद्धि भएको थियो । असहज परिस्थितिका कारण पाच महिनामा दलहन तथा गेडागुडीको मूल्य ४८.९ प्रतिशतले र घीउ तथा खाने तेलको मुल्य ४२.३ प्रतिशतले बढेको थापाले बताए । यस्तै मशाला,फलफुल, लत्ताकपडा इत्यादि वस्तुमा पनि दोहोरो अंकको मूल्यवृद्धी भएको पनि उनले जानकारी दिए । आन्दोलन शुरु भए यता पाच महिनाको अवधिमा अन्र्तराष्ट्रिय व्यापारमा निर्यात २९ प्रतिशत र आयात ३२ प्रतिशले घटेर ऋणात्मक भएको उनले बताए । अघिल्लो आर्थिक वर्षमा उक्त अवधीमा तीन सय १४ अर्ब रुपैया बराबरको मालसामान आयात भएकोमा चालु आर्थिक वर्षमा भने दुइ सय १३ अर्ब रुपैया मात्रको मालसामान आयात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा सरकारी राजश्व १४ देखि १५ प्रतिशतले घटेको बताउदै उनले यस अवधिमै एक सय ६४ अर्ब राजश्व परिचालन भएकोमा एक सय ५९ अर्ब मात्र खर्च हुन सकेको बताए । ३७ अर्ब रुपैया बिदेशी सहयोग पनि ५ महिनाको अवधिमा परिचालन भएको उनले जानकारी दिए । अन्तरकृया कार्यक्रममा वीरगन्जमा रहेका बैंक तथा बित्तिय संस्थाका प्रमुख , सरकारी कार्यालयका प्रमुख उद्योगी व्यपारी र सन्चारकर्मीहरुको सहभागीता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप