झोलुङ्गे पुल सञ्चालन भएपछि आवतजावतमा सहज
खोटाङ– जिल्लाको दक्षिणी गाविस सावाकटहरेस्थित लामासोती खोलामा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएपछि स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।
पुल अभावमा वर्षौंदेखि समस्या झेल्दै आएका स्थानीयवासीका लागि झोलुङ्गे पुल सञ्चालनमा आएपछि यहाँका दर्जनभन्दा बढी गाविसका स्थानीयवासीलाई सुबिधा भएको हो ।
भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गत गरिबी निवारणकोषको रु १५ लाख ७६ हजार १९४ र समुदायको रु तीन लाख १५ हजार १८३ गरी जम्मा रु १८ लाख ९१ हजार ३७५ को लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएको स्थानीय रामकुमार खड्काले जानकारी दिए ।
“लामासोतीमा निर्माण गरिएको पुल सञ्चालन भएपछि विशेषगरी विद्यार्थीलाई सहज भएको छ,” उनले भने – “यसअघि लामासोती खोलामा पुल नहुँदा दुई घन्टाको बाटो घुमेर विद्यालय जानुपर्ने अवस्था थियो ।”
हिमाली क्लब दिक्तेलद्वारा सञ्चालित कार्यक्रममार्फत दुई वर्ष लगाएर लामासोतीमा झोलुङ्गे पुल निर्माण गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ ।
पुल निर्माण भएपछि सावाकटहरेसँगै छिमेकी गाविस डम्वर्खुशिवालय, लिकुवापोखरीलगायत दर्जनभन्दा बढी गाविसका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण