सम्झौता लत्याउँदै लोडसेडिङ
मेलम्ची– नेपाल विद्युत् प्राधिकरण, सिन्धुपाल्चोक, मेलम्ची वितरण केन्द्रले बिनाजानकारी दिउँसो ४ बजेदेखि छ घन्टा र राति ४ बजेदेखि पाँच घन्टा विद्युत् कटौती गर्न थालेको छ ।
विद्युत्भार कटौती नगर्ने सहमति लत्याउँदै बिनाजानकारी बिनातालिका विद्युत् कटौती गरेकामा स्थानीयवासी आक्रोशित भएका छन् ।
दिउँसोको समयमा छ घन्टासम्म विद्युत् कटौती हुँदा उद्योगधन्दा तथा कार्यालय सञ्चालनमा बाधा परेको उपभोक्ताको गुनासो छ । कहिले प्राविधिक समस्या त कहिले अन्य ठाउँबाट नै बत्ती कटौती गरेको हो भनी उत्तर दिने गरेको बताउँदै मेलम्ची नगरपालिकाका स्थानीयवासी रुद्रप्रसाद दुलालले अघोषित रूपमा बत्ती कटौती गरेर प्राधिकरणले विगतका सम्झौता लत्याएको बताए ।
विसं २०६६ मा गठन भएको विद्युत्भार कटौतीमुक्त आन्दोलन समितिका सदस्यसमेत रहेका दुलालले ०६६ सालमा बेलुका ११ देखि बिहान ४ बजेसम्म मात्र विद्युत् कटौती गर्ने र अरू बेला जुनसुकै समयमा पनि विद्युत् दिने सम्झौता भएको बताए ।
आफ्नो क्षेत्रमा विद्युत् उत्पादन गर्दा पनि यहाँका स्थानीयवासी अन्धकारमा बस्नुपर्ने यो जस्तो ठूलो पीडा अरू के हुन सक्छ ? नेपाली काँग्रेसका नेता एवम् मेलम्ची नगरपालिकाका नगर सभापति आइतमान तामाङले बताए ।
प्राधिकरण र हाइड्रोपावरले बिनाजानकारी विद्युत् कटौती गर्दै सर्वसाधारणलाई ठूलो दुःख दिएको भन्दै विगतको सम्झौता लत्याउँदै मनपरी गर्ने हो भने सर्वसाधारणले जुनसुकै समयमा प्राधिकरणविरुद्ध उत्रने तामाङले चेतावनीसमेत दिएका छन् ।
तामाङले कि त जानकारीअनुसार तालिका प्रकाशित गरेर मात्र केही समय विद्युत् कटौती गर्नुपर्छ होइन भने आफ्नो इच्छाअनुसार विद्युत् कटौती गर्न नमिल्ने बताए ।
नेपाल विद्युत् प्राधिकरणले यस विषयमा कुनै सूचना दिन नमानेकोमा स्थानीयवासी पत्रकार देवराज सुवेदीले आपत्ति जनाएका छन् ।
मेलम्ची नगरपालिका–१२ का कृषक टोमशङ्कर दुलाल भन्छन्–“प्राधिकरणले जथाभावी विद्युत् कटौती गर्न थालेपछि हामी भूकम्पपीडितलाई ठूलो समस्या परेको बताउँदै अब के खाने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।”
उनी भन्छन् –“विद्युत् नभएपछि विद्युतीय मिलमा धान, मकैलगायतका खाद्यान्न पनि तयार हुन सक्दैन, केही बाँकी भएका पानीघट्ट भूकम्पले ध्वस्त भएकाले अब झन् समस्यामा पर्ने भयो ।’
यता विद्युत् प्राधिकरण हेलम्बु मेलम्ची वितरण केन्द्रले भने केन्द्रबाट नै विद्युत्भार कटौती गर्न दबाब आएको र केही दिनमा विद्युत्भार कटौती तालिका प्रकाशित गर्ने जनाएको छ ।
यसैबीच नेपाल विद्युत प्राधिकरण केन्द्रलेसातामा ८४ घण्टा लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेपनि त्यो भन्दा बढी लोडसेडिङ गर्दै आएको छ ।
तालिका अवधीमा लोडसेडिङ त हुने नै भयो आउने समयमा समेत पटक पटक विद्युत काटेर सर्वसाधारणलाई हैरानी दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण