फिस्लिङ दुर्घटनाः मृतकको संख्या दुई पुग्यो
चितवन– चितवनको फिस्लिङमा आइतबार तीनवटा गाडी एकापसमा ठक्कर खाँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।
घाइतेमध्ये थप एकजनाको उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । यसअघि आइतबार नै उक्त दुर्घटनामा एकजनाको ज्यान गएको थियो । मृतक दुवैजनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
आइतबार मृत्यु हुनेमा नवलपरासी कावासोती–१३ का ७८ वर्षीय गङ्गामान गुरुङ रहेको प्रहरीले जनाएको छ । यस्तै, राति उपचारका क्रममा चितवन मेडिकल कलेजमा कावासोतीकै ४० वर्षीय आशबहादुर गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी घाइते भएकामध्ये १० जना उपचारपछि घर फर्किएको र बाँकी १९ जनाको अहिले पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये अन्य चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९८७१ नंको ट्रक र कावासोतीबाट काठमाडौँ जाँदै गरेको ना १ ज ५००० नंको माइक्रोबस तथा काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको लु १ ख ८७२५ नंको बस एकापसमा ठक्कर खाँदा गएराति सो दुर्घटना भएको हो ।
ट्रकलाई माइक्रोले उछिन्न खोज्दा विपरीत दिशाबाट आउँदै गरेको बसमा ठोक्किएर सो दुर्घटना भएको चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए । बसमा माइक्रो ठोक्किएपछि पुनः ट्रक माइक्रोको पछाडि ठोक्किन पुगी दुर्घटना भएको थियो ।
माइक्रोका चालक घाइते रहेको र अन्य दुईवटा गाडीका चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण