आर्थिक र समावेशी विकास नयाँशक्तिको वैचारिक आधार : डा भट्टराई
गोरखा–नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले आर्थिक र समावेशी विकास मुख्य वैचारिक आधारमा नयाँ पार्टी गठन हुने बताएका छन् ।
अहिले अन्तरिम केन्द्रीय परिषद्मात्रै गठन भएको बताउँदै उनले अबको तीन महिनाभित्र जनताको भेलाबाट नयाँ पार्टी गठन हुने बताए ।
गोरखामा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले देशलाई वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको र त्यो नयाँशक्ति भएको दाबी गरे । “जगैदेखि नयाँ पार्टी बनाउने तयारीमा हामी जुटेका छौँ”– भट्टराईले भने ।
प्राविधिक विज्ञता र राजनीतिक सङ्गठनसहितको नयाँ पार्टी गठन गर्दै देशलाई आर्थिक समृद्धिको बाटोमा लैजाने उनको भनाइ थियो । साथै, उनले भूकम्पले भत्काएका गाउँबस्ती पुनःनिर्माणमा ढिलाइ भएको बताए । बर्खाअघि नै पुनःनिर्माणको काम सुरु गर्नुपर्ने भन्दै भट्टराईले ‘यो बर्खामा भूकम्पपीडित रुझेरै बस्न बाध्य हुने सङ्केत देखा परेको’ भन्दै सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण