सांसद कोइरालाको घर अगाडि झडप, पाँच घाइते
जनकपुरधाम - धनुषाको ब्रह्मपुरी चोकस्थित नेपाली काँग्रेसका सांसद लीला कोइरालाको घरअगाडि टायर बालेर मधेसी मोर्चाले विरोध गर्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच आज झडप भएको छ । झडपका क्रममा प्रहरीले १० राउण्ड अश्रुग्याससमेत प्रहार गर्नुपरेको थियो ।
नेपाली काँग्रेसका सांसद कोइरालाको घरअगाडि प्रदर्शन गर्दा प्रहरीले आन्दोलनकारीलाई रोकेपछि झडप भएको हो । सो झडपमा परी ५ जना आन्दोलनकारी घाइते भएका छन् ।
नेपाली काँग्रेसको जारी महाधिवेशनको क्रममा देशव्यापी रुपमा चलिरहेको वडा, गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशनलाई विथोल्ने अभिप्रायले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले आज जनकपुरमा सांसद कोइरालाको घरअगाडि जुलुस प्रदर्शन गरेको हो । जनकपुरमा मधेसी मोर्चाले काँग्रेसको अधिवेशन स्थगनको माग गर्दै नेत्री कोइरालाको विरोध गरेको थियो ।
जनकपुरको ब्रह्मपुरी चोकमा काँग्रेस नेत्री तथा सांसद कोइराला अधिवेशनस्थलतर्फ जाँदै गर्दा मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरेका थिए । अवरोधपछि कोइरालाको सुरक्षामा खटिएका प्रहरी र मधेसी मोर्चाका कार्यकर्ता बीच झडप भएको हो ।
धनुषा क्षेत्र नं ४ का समानुपातिक सांसद कोइरालालाई नेपाली सेनाले स्कर्टिङमार्फत अधिवेशनस्थल लगेको थियोे । यता मधेसी मोर्चाका महिलाको एक समूहले पनि मुझेलियामा भइरहेको काँग्रेसको अधिवेशन विथोलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण