१२ औं साग सुरु भइसक्दापनि नेपाली खेलाडीले कार्ड पाएनन्
गुवाहाटी– १२ औं दक्षिण एसियाली खेलकुद साग सुरु भएको दोस्रो दिनसम्म पनि नेपालका खेलाडी र प्रशिक्षकले एक्रिडिटेशन कार्ड नपाउँदा सास्ती खेप्नुपरेको छ । दक्षिण एसियाको कुम्भमेला सागमा भिडेर देशका लागी मेडल जित्न आएका एथलेटिक्सका प्रशिक्षक सुशिल नरसिंह राणा सहित ८५ जना खेलाडीहरुले एक्रिडिटेशन कार्ड नपाउँदा प्रशिणमा समेत सहभागी हुन पाएका छैनन् । सो कार्डबिना प्रशिक्षण स्थल र तथा प्रतियोगीतास्थलमा छिर्न पाईँदैन । नेपालका ८५ खेलाडीले कार्ड नपाएको स्विकार गर्दै नेपाल ओलम्मिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले भने, ‘भारतको केन्द्र सरकार र प्रान्तिय सरकार बीचको द्वन्द्धले दक्षिण एसियाली खेलकुदमा समस्या देखापरेको छ । भारतको ओलिम्पिक कमिटीलाई समेत बाईपास गरेर प्रान्तिय सरकारले सागमा हस्तक्षेप गरेका कारण नेपालका खेलाडीहरुको समेत कार्ड बन्न सकेको छैन ।’
खेलाडी बाहेक सागमा टिम लिएर गुहावटी र सिलोङ आईपुगेका केही टिम मेनेजर र प्रशिक्षको समेत कार्ड बनेको छैन । राखेप स्रोतका अनुसार साईक्लिङका प्रशिक्षक सहित भारतको गुवाहाटी र सिलोङ पुगेका २५ खेल पदाधिकारीले अझै कार्ड पाएका छैनन् ।
त्यस्तै सागको रिपोर्टिङका लागी नेपालबाट आएका पत्रकारहरुले पनि एक्रिडीटेशन कार्ड नपाउँदा हैरानी खेप्न बाध्य भएका छन् । बिहिबार अबेर गुवाहाटी पुगेका राष्ट्रिय समाचार समितीका प्रतिनिधी युवराज पाण्डे, न्युज २४ टेलिभीजनका मनोरञ्जन शर्मा र सगरामाथा टेलिभीजनका सरोज तामाङले कार्ड पाएका छैनन् । एक्रिडिटेशन कार्ड नपाउँदा समाचार संकलनमा समस्या सिर्जना भएको राससका प्रतिनीधी युवराज पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण