बाह्र मदरसा विद्यालय बन्द
दमौली– आर्थिक वर्ष २०७१–०७२ मा तनहुँ जिल्लाभित्र रहेका १२ वटा मदरसा विद्यालय बन्द भएका छन् ।
दोहोरो विद्यार्थी भएकाले ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । बिहान मदरसामा पनि त्यही विद्यार्थी र दिउँसो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी पनि त्यही भएपछि ती मदरसा विद्यालय बन्द गरिएको हो ।
धार्मिक विद्यालयका नाममा सञ्चालित व्यास–११ को मुनस्टार, श्याम्घा गाविसको इस्लामिक, नुरानी उर्दु अरबी, किहुँको इम्दादिया र विस मिल्ला दारुल उलुम मदरसा बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले बताए ।
त्यस्तै किहुँ गाविसको दारुल उलुम र इस्लामिक उर्दु अरेबी, दुलेगौडाको गुल्सन ए वरकात, सतिश्वाँरा गाविसको खोदावक्स इस्लामिक, थप्रेकको दारुल आलुम, भिमाद गाविसको गौशिया अर्लव कार्तिमा र सतिस्वाँरा गाविसकै इस्लाहुल मुस्लेमिन हनाफिया मदरसा बन्द गरिएको छ ।
ती विद्यालय बन्द भएसँगै प्रत्येक मदरसामा जाने रु एक लाख ६८ हजार अनुदानसमेत रोक्का भएको जानकारी सहायक जिशिअ देवकोटाले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण