सुदूरपश्चिम विश्वविद्यालयमा विप्लवको विद्यार्थीद्वारा तालाबन्दी
शनिबार, २३ माघ २०७२, १३ : १३
कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा एकलौटी निर्णय गरिएको भन्दै तालाबन्दी गरिएको छ । शुक्रबार नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।
विश्वविद्यालयका सबै प्राध्यापक सङ्घ र विद्यार्थी सङ्गठनसँग छलफलनै नगरी एकलौटी रुपमा प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) लगायतले भागबन्डाका आधारमा डिन, रजिस्ट्रार र परीक्षा नियन्त्रक नियुक्त गरेकाले त्यसको विरोधमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र शाहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण