साउदीमा बिचल्लीमा परेका नेपाली कामदारले पाए राहत
शनिबार, २३ माघ २०७२, १३ : ३९
साउदी अरब– साउदी अरबमा बिचल्लीमा परेका नेपाली कामदारको राहतका लागि यहाँ क्रियाशील नेपाली सङ्घ संस्थाले खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
काम गरेको तलब नदिएपछि साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदारहरु भोकभोकै बस्नु परेको समाचार राष्टिय समाचार समिति ९रासस०ले प्रकाशन गरेपछि साउदीमा क्रियाशील नेपाली सङ्घ संस्थाले तत्कालको राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
साउदीमा क्रियाशील नेपाली संस्था लालीगुराँस युवा परिवारले शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पमै पुगेर खाद्यान्न सामग्री प्रदान गरेको हो । संस्थाले ८० किलो चामल, १७ किलो दाल, १० किलो आलु, १० किलो प्याज, ६ लिटर तेललगायत खाद्यान्न सामग्री सहयोग गरेको हो । विदेशी भूमिमा बिचल्लीमा परेका नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्धे्रश्यले थोरै मात्रामा भए पनि खाद्यान्न सामग्री सहयोग गरिएको संस्थाका अध्यक्ष टीकाराम रसाईलीले बताए ।
यस्तै साउदीमै क्रियाशील अर्को नेपाली संस्था तमु धि नेपालले पनि पीडित नेपालीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । संस्थाले पीडित नेपालीका लागि क्याम्पमै पुगेर ४० किलो चामल, १० किलो मासु, ५ किलो दाल, १० किलो प्याज, नुन, तेल, तरकारी, पेय पदार्थलगायत खाद्यान्न सामग्री प्रदान गरेको संस्थाका उपाध्यक्ष तथा लोकगायक तिलक गुरुङले जानकारी दिए ।
तलब नपाएर सयौँ नेपालीहरु भोकभोकै बस्नुपरेको अवस्थामा यसरी खाद्यान्न सामग्री सहयोग पाउँदा आफूहरुलाई ठूलो राहत मिलेको स्याङजाका जीवन पौडेलले बताए ।
चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत ३०० नेपाली बिचल्लीमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण