क्षयरोग निको हुने दर सय प्रतिशत
कञ्चनपुर, माघ २३– कञ्चनपुरको दैजीमा रहेको स्वास्थ्य चौकीमा क्षयरोग निको हुने दर सय प्रतिशत रहेको छ ।
स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा निःशुल्क क्षयरोगको उपचार हुन थालेपछि रोग निको हुने दर सय प्रतिशत पुगेको हो ।
स्वास्थचौकीमा रहेको प्रयोगशालामा निःशुल्क बिरामीको खकार जाँच गरी क्षयरोग भएका बिरामीलाई स्वास्थ्यकर्मीकै उपस्थितिमा नियमित औषधि खुवाउने कार्यले क्षयरोगका बिरामी घट्दै गएको स्वास्थ्यचौकीका प्रमुख सिद्धराज भट्टले बताए ।
क्षयरोगका बिरामीलाई छ महिनादेखि आठ महिनासम्म निगरानीमा औषधि खुवाइ अन्तिममा पुनः खकार चेकजाँच गरी रोग निको भए नभएको एकिन गर्दै आएको उनले बताए ।
गतवर्ष स्वास्थ्य चौकीमा क्षयरोगका ४५ जना बिरामीको उपचार गरिएकोमा यसवर्ष बिरामीको सङ्ख्या घटेर १२ जना पुगेका छन स्वास्थ्यचौकीका प्रमुख भट्टले भने, “गतवर्ष उपचार गरिएका सबैजना क्षयरोगबाट मुक्त छन् ।”
क्षयरोगको नियमित औषधि खाने गरेमा र नियमित चेकजाँच गरेमा ९० प्रतिशत व्यक्ति क्षयरोगबाट बच्नसक्ने उनले बताए । जनस्वास्थ्य कार्यालय कञ्चनपुरका क्षयरोग, कुष्टरोग अधिकृत उद्धव ठगुन्नाकाअनुसार कञ्चनपुरमा क्षयरोगीको सङ्ख्या एक हजारको हाराहारीमा रहेको छ । जसमध्ये बिचमै औषधि खान छाडनेको सङ्ख्या तीन प्रतिशत रहेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण