कापी पाएर दंग बालबालिका
जलेश्वर –जिल्लाको विकट गाउ मध्येको एक धिरापुर ८ सिरसियामा वालवालिकाहरु श्री राष्ट्रिय प्राथमिक विद्यालयको परिसरमा लामबद्ध वसेका थिए । सोहि वेला नं. ९ वाहिनीका सहायक वाहिनीपती कर्नल हरेन्द्र पाठकले कापी,ईरेजर र पेन्सिल एकजना वच्चालाई दिएर राम्ररी पढ्न भने । उनीपछि महोत्तरीका निमित प्रमुख जिल्ला अधिकारी किरण थापाले समेत त्यसरी नै अर्का एक वालकलाई कापी,पेन्सिल र ईरेजर दिदै उज्वल भविष्यको कामना गरे र सुरुभयो लामबद्ध वसेका वालवालिकाहरु खुसी हुने क्रम । परिसरमा वसेका सवै ससाना नानीहरुले ती सामग्रीहरु र खेल्ने सामानहरु लिदै खुसीहुदै परिसरबाट बाहिरिने क्रम जारी थियो लाग्थ्यो आफ्नै कसैले पढन सघाए भनेर । यो अवसर जुराएका थिए नेपाली सेनाका प्रकौली स्थित फस्ट राईफल गणले आयोजना गरेको स्वास्थय शिविरमा । स्वास्थ्य शिविरमै स साना वालवालिकाहरुलाई कापी वितरण, निर्वाचन आयोगको मतदाता नामावली दर्ता कार्यक्रम र जिल्ला कृषी विकास कार्यालयको विउ विजन वितरण कार्यक्रम संगै रहेको थियो । हजार भन्दा वढी स्थानियहरुलाई निशुल्क स्वास्थ्य परिक्षण,औषधी वितरण ,विउ विजन वितरण लगायतका विभिन्न सेवा दिएर स्थानियहरुको मन जित्न भने स्थानिय निकाय र नेपाली सेना सफल भएका थिए । जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा स्त्रीरोग विशेषज्ञ,हाडजोर्नी विशेषज्ञ,आँखा,कान तथा ओपिडीमा जाच गरिने सवै रोगको जाच गरि आवश्य औषधी वितरण गरेर सेना र जनता विच सुमधुर सम्बन्ध बनाउन खोजिएको फस्ट राईफल गणका गणपति युवधिर मान सिंहले बताउदै यस्ता कार्यक्रमहरु अव निरन्तर भैरहने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण