जुम्लाबाट ३४ लाख ५५ हजारको सिमी र फापर काठमाडौमा
शनिबार, ०१ फागुन २०७२, १० : ३९
जुम्ला - नेपाल खाद्य संस्थान जुम्ला शाखाले माघ महिनामा रु ३४ लाख ५५ हजारको बराबरको सिमी र फापर काठमाडौँमा निर्यात गरेको छ ।
एक सय ५० क्विन्टल सिमी र १४० क्विन्टल फापरलगायतको खाद्यन्न पहिलो चरणमा राजधानी पठाइएको शाखा कार्यालयका प्रमुख पूर्णप्रसाद दाहालले जानकारी दिनुभयो । खाद्य संस्थान केन्द्रीय कार्यालयले फागुनमा पनि सो शाखालाई २५ क्विन्टल सिमी र ४० क्विन्टल फापर खरिद गरी पठाउन निर्देशन दिएको छ ।
उहाँले किसानबाट ती खाद्यान्न खरिद गरिरहेको छ र आफ्ना उत्पादन विक्री गर्न किसानको आइरो लागिरहेको वताउनुभयो । तर कोटा निश्चित भएकाले सबै किसानले आफ्नो स्थानीय उत्पादन बिक्री गर्न पाएका छैनन् ।
गज्र्याङ्कोट–७ की सुशीला अधिकारीले आफ्नो उत्पादन बिक्री गर्न नपाएको दुखेसो व्यक्त गर्दै भनिन् “हामी प्रयाप्त खाद्य उत्पादन गर्छौं संस्थानले सवै किन्दैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण