विद्यालय चलाउन १५ वर्षदेखि सामुहिक ब्रतबन्ध
आइतबार, ०२ फागुन २०७२, ११ : ४०
नुवाकोट– जिल्लाको प्रमुख धार्मिक क्षेत्र मानिने देविघाटमा एक संस्कृत विद्यालयले बसन्तपञ्चमीका दिन एकसय २५ जना बटुकको सामुहिक ब्रतबन्ध गराएको छ । हरेक वर्ष ठूलो संख्यामा ब्रतबन्ध गराउँदै आएको शहिद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले विद्यालय संचालनको लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले पुरोहित ब्रम्हणहरुबाट ब्रतबन्ध गरेको हो ।
विद्यालय सञ्चालन गर्न कुनै आर्थिक स्रोत नहुँदा जिल्लाभरबाट बटुकहरु बोलाई यहाँ कर्मकाण्ड गराउने गरिन्छ । नुवाकोट रसुवा र धादिङ जिल्लाको एकमात्र संस्कृत विषयको पठनपाठन हुने संस्कृत विद्यालयको रुपमा मानिन्छ । २०५५ सालमा स्थापना भएको सो संस्कृत विद्यालयले विगत १४ वर्षदेखि बसन्त पञ्चमीका दिन विद्यालयकै प्राङगणमा सामुहिक ब्रतबन्ध गर्दै आएको छ । बाहुन र क्षेत्री समुदायका छ÷सात वर्षभन्दा माथिका बालकहरुदेखि ३०÷३५ वर्षसममका बटुकहरुलाई ब्रतबन्ध गराइएको विद्यालयले जनाएको छ । गत वर्षमा एकसय ४४ जनाको ब्रतबन्ध गराइएकोमा यस बर्ष भने घटेको छ ।
विषेश गरी विद्यालय सञ्चालन गर्न आर्थिक स्रोत जुटाउनुका साथै समाजको संस्कृतिलाई मितव्ययी बनाउन सामुहिक ब्रतबन्ध कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक हेमनाथ अधिकारीले जानकारी दिए । ‘विद्यालयमा नियुक्ति गरिएका शिक्षकलाई तलब खुवाउनदेखि अन्य व्ययभार मिलाउन ब्रतबन्ध गराउँदै आएका हौँ, नेपालले भने–‘आर्थिक स्रोतसँगै गाउँघरमा संस्कारका नाममा हुने बढ्दो तडकभडकलाई मितव्ययी बनाउन सामुहिक ब्रतबन्धले धेरै सघाएको छ ।’
यहाँ हुने ब्रतबन्धमा ल्याइएका एकजना बटुक बराबर दुई हजार पाँच सय रुपैयाँ लिइने गरिन्छ । बटुकलाई कर्मकाण्ड गराउन चाहिने लुगाफाटो, पूजा सामग्री र बटुकसहित उनका अभिभावकलाई खानपिन गराउने सबै खर्च सोही रकममध्येबाट गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य रामकृष्ण भट्टले बताए ।
सदस्य भट्टका अनुसार यस वर्ष ब्रतबन्ध गराउन ल्याइएका एक सय १० जना बटुकबाट तीन लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । ब्रतबन्धका लागि ९४ हजार मात्र खर्च भएको थियो । विद्यालयले यस रकममध्येबाट आम्दानी हुने बाँकी रकम विद्यालयको शैक्षिक कार्यक्रम र शिक्षकलाई दिइने तलब लगाएतमा खर्च गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण