बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

‘भ्यालेन्टाइन डे’मा मोडल प्रकृतिले भेट्न नमान्दा (भिडियोसहित)

आइतबार, ०२ फागुन २०७२, १२ : १९
आइतबार, ०२ फागुन २०७२
काठमाडौं– संचारकर्मी तथा गायक दिक्पाल देव पंगेनीले भ्यालेन्टाइनको अवसर पारेर कोसेलीका रुपमा प्रेम गीत ‘भेटी देउन’ सार्वजनिक गरेका छन् । अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका दिक्पालले १४ फेब्रुअरी (भ्यालेन्टाइन डे) का दिन युट्युबमार्फत ‘भेटी देउन...’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका गायक पंगेनीको उक्त गीतमा सम्झना पंगेनीको शब्द रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित मोडल प्रकृति श्रेष्ठ, गौरव शर्मा, महेश विडारी, लिपिका, सुमन र प्रतिक्षा दिक्पालको समेत अभिनय रहेको छ । गीत सम्पादन र म्युजिक भिडियो निर्देशन भने जिवन रसाइलीले गरेका छन् । उक्त म्यूजिक भिडियोको छायांकन भने अस्ट्रेलियाका मेलवर्नका विभिन्न स्थानमा गरिएको देखिन्छ । गीतको भिडियोमा केटाले माया प्रेमका भावनाहरु राख्न् भेट्नको आग्रह गरेको तर, केटी भेट्न नमानेका अभिनय रहेको भिडियोमा देखिन्छ । दिक्पालको यो पहिलो एल्बमको पहिलो म्यूजिक भिडियो हो । प्रेम दिवसलाई लक्षित गरी उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो ए एण्ड ए प्रोडक्सनले बजारमा ल्याएको हो । आफ्नो पहिलो एल्बम रहेको यो गीत र भिडियो दुवैलाई दर्शक श्रोताहरुले मन पराउने विश्वास गायक दिक्पालले व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप