बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रमको भारत भ्रमणले तिक्तता मेटिन्छ : नेम्वाङ

आइतबार, ०२ फागुन २०७२, १२ : ४२
आइतबार, ०२ फागुन २०७२

इलाम– नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताएका छन् ।

प्रेस चौतारी इलामले आज बिहाज इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास व्यक्त गरे ।

“प्रधानमन्त्रीको भारत भ्रमणका बेला कस्ता–कस्ता एजेन्डा प्रस्तुत गर्ने भन्ने संसद्मा छलफल हुने भएको छ”, नेता नेम्वाङले भने – “भ्रमणले देशको सर्वोपरी हित र समृद्धि चाहेको छ ।”

नाकाबन्दी हटेर अहिले मुलुक सहजतातर्फ उन्मुख भइरहेको बताउँदै उनले भूकम्प आयो गयो, नाकाबन्दी आयो गयो तर त्योसँग जुध्न हामी सकेनौँ, अब त्यस्ता अप्ठारासँग जुध्ने गरी तयार हुनुपर्छ – उनले आग्रह गरे ।

“संविधानमा चित्त नबुझेमा संशोधन गर्दै जानुपर्छ । भारतले पनि १२२ पटक संविधान संशोधन गरेको छ । संसद्को बैठकले हालै १९० वटा कानुन संशोधनमार्फत निर्माण गरिएको जनाउँदै उनले असन्तुष्टिलाई संशोधनमार्फत अघि बढाइने बताए ।

उनले जिल्लाको विकासका लागि सबै राजनीतिक दल एकढिक्का हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप