सरकारी चरण खर्कमा भीषण आगलागी
आइतबार, ०२ फागुन २०७२, १२ : ५९
जिरी– दोलखाको जिरी नगरपालिका–१ ओर्खेमा रहेको सरकारी चरण खर्कमा शनिबार दिउँसो २ बजेदेखि भीषण आगलागी भएको छ ।
यलुङ खोलाको किनार नजिकैबाट लागेको आगो चरण खर्कमा रहेको वन क्षेत्रमा पसेपछि स्थानीयवासीले निभाउने प्रयास गरे पनि आज बिहानसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । ओर्खे चरण खर्काको आधा भूभाग घाँसे मैदानका रुपमा पैmलिएको छ भने आधा भूभाग वन क्षेत्रमा रहेको थियो । विशेषगरी वन क्षेत्रमा सल्लो जातका रुख बाक्लो रहेको र सल्लाको पतकरमा आगो सल्किएपछि नियन्त्रणभन्दा बाहिर गएको हो ।
आगो कसरी, कसले र किन लगाएको भन्नेमा स्थानीयवासी पनि अन्योलमा छन् । केही स्थानीयवासीले भने दिउँसा गोठालो गएका बालबालिकाले वनमा आगो खेल्ने क्रममा हुरी बतासले उडाएर वन क्षेत्रमा पसी आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण