वन्यजन्तुको त्रासकाबीच घरबास सञ्चालन
चितवन–माडी शिवद्धारका ठिलबहादुर पुन मगरलाई खर काट्न जाँदा भालुले आक्रमण ग¥यो । मुस्किलले भालुसँग जुधेर उनी उम्किए ।
उपचारपछि पनि उनको हातका औँला राम्रो हुन सकेको छैन । दुईवटा औँला नै भालुले खाइदियो । त्यसपछि उनी १० वर्ष विदेश बसेर फर्किए । पाँच दशकअघि म्याग्दी र पर्वतबाट करिब ७० घर पुन मगर सो क्षेत्रमा आएर बसेका थिए । वन्यजन्तु र बाढीले सताउन थाले पनि धेरै पुरानै गाउँ फर्किए ।
चितवन निकुञ्जको नजिक रिउ नदीको किनारमा बसेका उनीहरुले लगाएको बालीनालीसमेत वन्यजन्तुले खाइदिने गथ्र्यो । गाउँमा गएको वर्षमात्रै धनबहादुर कुमालको गैँडाले हानेर ज्यान गयो । यस्ता समस्या हुने गरेपछि पटक पटक स्थानीयवासी निकुञ्ज कार्यालयमा समेत पुगे । आफूहरुले विकल्प दिन पटक पटक आग्रह गरेको ठिलबहादुरकी श्रीमती मनदेवीले बताए ।
त्यसैक्रममा तराई भूपरिधि कार्यक्रम (ताल) ले उनीहरुलाई वैकल्पिक पेसाका लागि नवलपरासीको अमलटारी होमस्टेमा गाउँलेलाई अवलोकन भ्रमण गराएपछि उनीहरु होमस्टे सञ्चालन गर्न राजी भएको तालका सहकार्यक्रम अधिकृत प्रेम पौडेलले बताए । होमस्टे सञ्चालनबाट मनदेवीले त्यहाँ राम्रो आम्दानी देखेर अहिले आफ्नो गाउँमा पनि होमस्टे सञ्चालन गरेको बताए । वन्यजन्तुको आक्रमणबाट जोगिन घरबास (होमस्टे) सञ्चालन गर्न थालिएको होमस्टे व्यवस्थापक तुलबहादुर पुन मगर बताउँछन् । अहिले होमस्टे सञ्चालनका कारण वन्यजन्तु आक्रमणबाट गाउँलेलाई जोगिनमा समेत सहयोग पुगेको छ ।
अहिले उक्त होमस्टेमा पर्यटकको आगमन बढ्दै आएको छ । मासिक रुपमा एकयसभन्दा बढी पर्यटक बस्दै आएको होमस्टेका अध्यक्ष मोहनबहादुर पुन मगरले जानकारी दिए ।
आठजना मगर, दुईजना नेवार र एकजना दराईंको गरी ११ वटा होमस्टे छन् । होमस्टेमा आउने पाहुनालाई आ–आफ्नै पोसाकमा सजिएर स्वागत गर्ने र मगरको मौलिक संस्कृति देखाउने गरिएको छ ।
उनीहरुले आएका पाहुनालाई सोरठी, सालेजु, चुड्का, ठाडो भाका प्रदर्शन गरेर पर्यटकलाई मनोरञ्जन दिन्छन् । यस्तै खाना पनि स्थानीयस्तरमा पाउने मौलिक खाना हुने गरेको होमस्टे सञ्चालक मनदेवीले बताए ।
स्थानीय समुदायको सक्रियतामा चितवन निकुञ्ज, स्थानीय मध्यवर्ती तथा अयोध्यापुरी मध्येवर्ती सहकारीको आर्थिक सहयोगमा होमस्टे निर्माण भएको हो । यहाँ होमस्टेसँगै करिब रु १२ लाखको लागतमा एउटा सामाजिक भवनसमेत बनाइएकाले कुनै कार्यक्रम गर्नसमेत सकिने छ । होमस्टेमा ४४ जना बस्ने क्षमताको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण