बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कृषकलाई छत्तीसवटा साना सिँचाइ

आइतबार, ०२ फागुन २०७२, १३ : २०
आइतबार, ०२ फागुन २०७२

बागलुङ– सिँचाइ अभाव रहेका क्षेत्र लक्षित गरी यो वर्ष जिल्लामा छत्तीसवटा साना सिँचाइ आयोजना बन्ने भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले आयोजना बनाउन लागेको हो । सुख्खा ठाउँका लागि छुट्टै १५ प्लास्टिक पोखरी, सहकारी खेती ९स्किम०मा तीन र सहकारी खेती साना सिँचाइमा एउटा आयोजना बन्नेछ । कार्यालय र स्थानीय कृषकको लगानीमा साना सिँचाइ आयोजना बन्ने कृषि प्रसार अधिकृत विप्लवप्रसाद अधिकारीले जानकारी दिए । सबै आयोजनाको लागि ८४ वटा निवेदन परेकामा त्यसबाट ३६ कृषक समूह र सहकारी छनोटमा परेका हुन् ।

आवश्यकता र स्थलगत मूल्याङ्कनको आधारमा सिँचाइ आयोजना दिने गरिएको अधिकारीको भनाइ छ । निवेदन, सेवा केन्द्रको सिफारिस, स्थलगत अवलोकन र आवश्यकता हेरेर कार्यालयलले समूह, सहकारी छान्ने गरेको छ भने तरकारी बालीलाई बढी जोड दिने गरिएको छ ।

प्रत्येक आयोजना निर्माणका क्रममा ८० प्रतिशत लगानी कृषि विकास कार्यालयको र २० प्रतिशत स्थानीय कृषकको रहने प्रावधान छ । कार्यालयले प्लास्टिक, पाइप, सिमेन्ट जस्ता सामाग्री जुटाउन खर्च गर्दै आएको छ । कृषकले जनश्रमदान जुटाउने गरेका छन् । सम्झौता भएपछि आगामी असारभित्र आयोजना सम्पन्न हुनेछन् ।

जिल्लाका सबै सेवा केन्द्रअन्तर्गतका कृषक समूह र सहकारी छनोटमा परेको कार्यालयले जनाएको छ । एउटा साना सिँचाइ आयोजनाबाट पाँच हेक्टर क्षेत्रफल सिञ्चित हुने बताइएको छ । सहकारी खेती ९स्किम० र सहकारी खेती साना सिँचाइ आयोजनाले भने थप बढी क्षेत्रफलमा सिँचाइ पुग्नेछ । साना सिँचाइको लागि रु ६० हजारदेखि रु एकलाखसम्म खर्च हुन्छ ।

सहकारी सिँचाइ आयोजनाको रु तीन लाख र सहकारी (स्किम)को रु डेढ लाख लागत रहेको छ । कृषि कार्यालयले बर्सेनि साना सिँचाइ आयोजनामा लगानी गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप