मोटरसाइकलको ठक्करबाट मृत्यु
आइतबार, ०२ फागुन २०७२, १३ : २४
तनहुँ-पृथ्वीराजमार्ग अन्तर्गत पर्ने शुक्लागण्डकी नगरपालिका–१० स्थित खैरेनीटारमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएकी एक पैदलयात्री महिलाको उपचारको क्रममा गए राति मृत्यु भएको छ ।
ग १० प १२१३ नंको कालो पल्सरले सडक किनारमा हिँडिरहेकी घिरीसुन्धारा गाविस– ८ बस्ने ४२ वर्षीया माया सार्कीलाई ठक्कर दिँदा घाइते भएको र स्थानीय सेतीगङ्गा सामुदायिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै पोखरास्थित फिस्टेल अस्पतालमा पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उक्त मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण