कारागार निर्देशकलाई जेल सजाय
मेक्सिको सिटी– उत्तरी मेक्सिकोको मोन्टेरेए सहरमा बिहीबार एक कारागारमा भएको आगलागीपछिको हिंसात्मक झडपमा परी ४९ व्यक्तिको मृत्युभएपछि कारागार निर्देशकसहित अन्य दुई जना कर्मचारीलाई जेल सजाय भएको छ ।
उनीहरु माथि कैदीबन्दीहरुको हत्या गरेको र आफ्नो अधिकारको दुरुपयोग गरेकोसमेत आरोप लगाइएको नुएभो लियोन राज्यका महान्यायाधिवक्ता रोबर्टो एफ लोरेज ट्रेभिनोले शनिबार भएको एक पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
सो जेल सजाय पाउनेहरुमा जेल निर्देशक ग्रेगोरिया सलाजार र प्रशासनका निर्देशक जेसुस फेरनान्डो डोमिन्गुइज जरामिल्ललो र जेलका सुरक्षा गार्ड जोसे रेऐस् हेर्नान्डेज एगैलार रहेका मोन्टेरेएमा भएको एक पत्रकार सम्मेलनमा जनाइएको छ । यी तीनैलाई आगामी फेबु्रअरी १८ सम्म हिरासतमा लिइएको र त्यसपछि मुद्दाको सुनवाई हुन बताइएको छ ।
स्थानीय सञ्चारमाध्यमले बिहीबार त्यस थुनुवा घरमा आगो लागेको र त्यसमा परी ३० जनाको ज्यान गएको जनाएका थिए । तर बिहीबार रातिसम्ममा मृत्यु हुने व्यक्तिको सङ्ख्या ४९ पुगेको जानकारी दिइएको थियो ।
स्थानीय समयाअनुसार बिहीबार १२ः३० बजे बिहान टोपोचिको जेलमा आगलागी सुरु भएको प्रत्यक्षदर्शीहरूले जनाएका थिए ।
सो आगलागी र त्यसपछिको दङगामा परी ३० देखि ४० व्यक्ति घाइते भएका नुएभो लेआन राज्यका गभर्नर जैमे रोदरिगुएजले बताएका थिए ।
मेक्सिकोको राष्ट्रिय मानवअधिकार विभागले मेक्सिकोका कारागारामा अत्यन्त साँघुरो र कष्टपूर्ण अवस्थामा बस्नुपर्ने अवस्था रहेको बताएको छ ।
कारागारको क्षमताभन्दा कैदीको सङ्ख्या अत्यन्तै धेरै रहेकोले पनि त्यहाँका कैदीले निकै अप्ठेरोसँग बस्नुपर्ने अवस्था रहेको जानकारी सो बिभागले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण