झाँक्री र पण्डित बालविवाह रोक्न सक्रिय
भीमदत्तनगर– डडेल्धुराका विभिन्न गाविसमा नै बालविवाह नियन्त्रण गर्न लागि परेका छन् ।
जिल्लामा बालविवाहको सङ्ख्यामा निकै कमी आइरहेको महिला तथा बालबालिका कार्यालय डडेल्धुराले जनाएको छ । आआफ्नो गाविसमा धामी र आफूहरुको सयुंक्त प्रयासमा १८ वर्ष उमेर नपुगेका युवाको बिहे रोक्न लागेको देवल गाविसका पं तारादत्त पन्तले जानकारी दिए ।
सो अभियानका क्रममा गाँखेत गाविसका पं हेमराज अवस्थीले दुई, भागेश्वर गाविसका धामी कर्णबहादुर मडैले तीन र अजयमेरु गाविसका पं लक्ष्मीप्रसाद पनेरुले कक्षा ५मा अध्यनरत छात्राको बालविवाह रोकेका छन् ।
डडेल्धुरामा रहेका सरकारी तथा गैरसरकारी सङ्घसस्थाले बालविवाह निराकरण गर्ने उद्देश्यले केही महिना अगाडि पं र धामीलाई तालिम समेत दिएका थिए । सुदूरपश्चिमका पहाडी जिल्लामा अझै पनि बालविवाह कायम छ । पहिलेभन्दा केही वर्षयता त्यसमा कमी आएको भए पनि पूर्णरुपमा नियन्त्रणमा आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण