यू–१९ विश्वकप वेस्ट इन्डिजलाई , फाइनलमा भारतको नमिठो हार
ढाका–फाइनलमा भारतलाई ५ विकेटले पराजित गर्दै वेस्ट इन्डिजले बंगलादेशमा सम्पन्न आईसिसी यू–१९ विश्वकप जितेको छ । वेस्ट इन्डिजले युवा विश्वकप जितेको यो नै पहिलो पटक हो । मिरपुरस्थित श्री बंगला राष्ट्रिय रंगशालामा टस जितेर पहिले फिल्डिङ रोजेको वेस्ट इन्डिजले भारतलाई ४५ ओभर १ बलमा अलआउट गर्दै जीतको आधार तय गर्यो । भारतले वेस्ट इन्डिजसामू केवल १ सय ४६ रनको चुनौती मात्रै पेश गर्नसक्यो । भारतीय ब्याटिङ निरीह देखिएको खेलमा सरफराज खानले ५१ रन बटुलेपनि अन्य ब्याटस्म्यानले खासै राम्रो खेलेनन् । वेस्ट इन्डिजबाट अल्जारी जोसेफ र रायन जोनले ३–३ विकेट लिए । त्यस्तै, केमो पाउलले दुई विकेट लिए भने सामार स्प्रिङगर र चेमार के होल्डरले एक एक विकेट लिए । जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले अत्यन्तै सुस्त खेल्दै भारतले दिएको झिनो योगफल सहज रुपमा पछ्यायो । खेल अवधिभर दबाबमा देखिएका भारतीय बलरहरुले वेस्ट इन्डिजको ५ विकेट लिएपनि हार टार्न सकेनन् । वेस्ट इन्डिजबाट केसी कार्टीले कोमी पाउलले छैटौ विकेटका लागि ६९ रनको महत्वपूर्ण साझेदारी गरे । कार्टीले सर्वाधिक ५२ रन बनाएको खेलमा पाउलले ४० रन बनाए । त्यसअघि वेस्ट इन्डिजले खेलमा अत्यन्तै सुस्त सुरुआत गरेको थियो । वेस्ट इन्डिले ५ रनको अवस्थामै पहिलो विकेट गुमायो । २८ रन बटुल्दा दोस्रो, ६७ रनको अवस्थामा तेस्रो, ७१ रनको अवस्थामा चौथो र ७७ रनको अवस्थामा पाँचौ विकेट गुमाएको वेस्ट इन्डिले २८ ओभर ६ बलपछि भने कुनै विकेट गुमाएन । मायान्क डागरले भारतबाट केवल २५ रन खर्चदै ३ विकेट लिएपनि वेस्ट इन्डिजको जीतसामू उनको प्रदर्शन छायाँमा पर्यो । प्रतियोगितामा भारतले दोस्रो स्थानमै चित्त बुझाउँदा आयोजक बंगलादेश तेस्रो भयो । त्यस्तै, श्रीलंका चौथो, पाकिस्तान पाँचौ र इङल्याण्ड छैटौ स्थानमा रहे । दुई एशोसियट राष्ट्र नामिबिया र नेपालले सातौ तथा आठौ स्थानमा प्रतियोगिता टंूग्याउँदा जिम्बाबे, न्युजिल्याण्ड र दक्षिण अफ्रिकाजस्ता टेस्ट मान्यताप्राप्त राष्ट्रको प्रदर्शन खराब रह्यो । प्रतियोगिताअन्तर्गत प्लेट च्याम्पियनसिप जित्दै अफगानिस्तान नवौँ भयो । प्लेट च्याम्पियनसिपको फाइनलमा पराजित जिम्बाबेले दशौँ स्थानमा प्रतियोगितामा टंूग्याउँदा दक्षिण अफ्रिका र न्युजिल्याण्ड उत्कृष्ट दशभित्र पर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण