डा. भक्तमान श्रेष्ठविरुद्व भ्रष्टाचार मुद्दा
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा भक्तमान श्रेष्ठ विरुद्व भ्रष्टारको मुद्दा दर्ता गरेको छ ।
उनले अस्पतालमा प्रवेश गरेदेखिनै भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । श्रेष्ठविरुद्ध १ करोड ६७ लाख सन्ताउन्न हजार एक सय रुपैयाँ माग दावी गरिएको छ । श्रेष्ठकी श्रीमती शिलु श्रेष्ठलाई पनि प्रतिबादी बनाइएको छ ।
अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'बी.पी.कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले अस्पतालमा सेवा प्रवेश गरे देखि नै सार्वजनिक पदमा बहाल रहँदा आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवं भ्रष्टाचार गरी गैर-कानूनीरुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले निज डा. भक्तमान श्रेष्ठलाई बिगो रू. १,६७,५७,११३।- (अक्षरुपी एक करोड सतसट्ठी लाख सन्ताउन्न हजार एक सय तेह्र) कायम गरी सोही ऐनको दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुन साथै श्रोत पुष्टि हुन नसकेको, भ्रष्टाचार गरी गैह्र कानूनी रुपमा आर्जन गरेको सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत गरी पाउन मागदाबी लिई र सो प्रयोजनका लागि निज डा. भक्तमान श्रेष्ठको श्रीमती शिलु श्रेष्ठलाई समेत प्रतिवादी कायम गरी आज विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरिएको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण