इन्टेक्सले ल्यायो ५ इन्चको एक्वा एयर फ्याब्लेट फोन, ८ जिबीको मेमोरी कार्ड निशुल्क
काठमाडौं–इन्टेक्स मोबाइलको लागि नेपालको आधिकारिक बिक्रेता सि.जी. इ.ओ. एल ले २०१६ फेब्रवरी ११ देखि नयाँ मोडल एक्वा एयर फ्याब्लेट फोन बजारमा ल्याएको छ ।
सिजी इ.ओ. एल.ले स्मार्टफोनका कस्टमरका लागि एक्वा एयर फोन बजारमा उतारेको जनाएको छ । यसको बजार मूल्य रू ७,७७७– कायम गरिएको छ । यो फोनको साथमा कम्पनीले ८ जिबीको मेमोरी कार्ड निशुल्क उपलब्ध गराएको छ । यो फोनले ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त रहेको छ ।
५ इन्चको यस फ्याब्लेट फोनमा टी.एन (ट्व्सिेट नेमटिक) डिस्प्ले प्रबिधि रहेको छ । यस फोनमा ८५४ ह ४८० को पिस्कल रिजुलसन रहेका छ भने भने १६.७ मिलियन कलर डेफ्त रहेका छ । स्क्रीन र बडीको तुलनामा ६५.०७ प्रतिशत रहेको यस फोनमा १८७ पि.पि.आई. पिक्सल डेन्सिटी रहेको छ । एक्वा एयरमा मा १.२ गिगाहर्जको डुवल कोर मेडियाटेक एम.टि ६५७२ डब्लु प्रोसेसर, ५१२ एम.बि ¥याम र ८ जि.बि इन्टरनल स्टोरेज रहेको छ भने यसमा ३२ जि.बीको मेमोरी कार्ड थप गर्न सकिन्छ । २३०० एम.ए.एच ब्याट्री रहेको यस फोनले ८.५ घण्टाको टक टायम र ३०० घण्टासम्मको स्टाण्डबाई टायम प्रदान गर्ने कम्पनीको दाबी छ । सुपथ मूल्यको गुणस्तरिय यस फोनमा २ मेगापिक्सल सहित फ्ल्यास क्यामरा रहेका छ भने र अगाडिको क्यामरा भिडियो कन्फ्रेन्स् गर्न मिल्ने भि.जि.ए क्यामरा रहेको छ । दुईवटा सिम स्टान्बाई भई लाग्ने यो सेट थ्रिजी प्रबिधियुक्त छ । वाईफाई, वाईफाई हटस्पोट, ब्लुटुथ भर्सन ४.०, माइक्रो यु.एस.बी., जि.पि.एस., एफ.एम रेडियो, ३.५ एम एम अडियो ज्याक युक्त यस फोनमा जि सेन्सर, लाइट सेन्सर, प्रोक्सीमिटर आदि प्रबिधी रहेको छ । एण्ड्रोयड ४.४ भर्सन किटक्याट अपरेटिङ सिस्टम रहेको यो फोन प्रबिधिमा चासो राख्ने जो कसैका लागि पनि उपयुक्त रहेको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण