हिन्दुवादी अभियानद्वारा संविधान खारेजीको मागसहित जनसंघर्षको घोषणा
काठमाडौ–राष्ट्रिय जनसंघर्ष अभियानले संविधानसभाले जारी गरेको संविधान खारेजीको माग गर्दै शान्तिपूर्ण जनसंघर्षको घोषणा गरेको छ । बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने संयोजकत्वमा राजाबादी दलहरुहरुसमेत रहेको राष्ट्रिय जनसंघर्ष अभियानले सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर जनआन्दोलनको भावना र जनताको चाहना विपरित जारी भएको संविधानले मुलुक चल्न नसक्ने भएकोले यसको खारेजीको लागि जनसंघर्ष गर्नु परेको स्पष्ट पारेको छ । अभियानले जनसंघर्ष अन्र्तगत फागुन ७ गते राजधानीको शान्ति बाटीमा विरोधसभा गर्ने भएको छ । त्यसमा सहभागि हुन सम्पूर्ण नेपालीहरुलाई आब्हान गरेको थियो । पत्रकार सम्मेलनमा संयोजक नेउपानेले ९३ प्रतिसत ओमकार परिवारको भावना विपरित विदेशीहरुको ईशारामा मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरिएपछि अहिले नेपाली जनतामा कालान्तरमा नेपाल नै नरहने हो कि भन्ने चिन्ता ब्याप्त हुन थालेको भन्दै जनताको भावना विपरित जारी भएको संविधानले मुलुक चल्न नसक्ने भएकोले आफूहरु विरोधमा उभिनु परेको स्पष्ट पारे । अभियानले विदेशीको ईशारामा ल्याईएको संविधान खारेज गर्नु पर्ने, नेपाललाई हिन्दु अधिराज्य कायम गर्नु पर्ने, सार्वभौमसत्ता र राजकीय सत्ता नेपालको सीमानाभित्र ल्याउनु पर्ने, राष्ट्रिय शक्तिको निर्माण गरेर गैरराष्ट्रिय शक्तिको बर्हिगमन, सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानविनको लागि आयोग गठन गर्नु पर्ने, संघीयता खारेज गरी स्थानीय स्वायत्त शासन अन्र्तगत निर्वाचन गर्नु पर्ने, नेताले विदेशी बैंकमा राखेको सम्पत्ति जफत गर्नु पर्ने, विदेशी हस्तक्षे गराउने नेतालाई सामाजिक बहिस्कार गर्नुपर्ने लगायतका ११ बुँदे माग पनि अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण