बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सप्तरीको भारदहमा मृत्यु भएकालाई सिँचाइमन्त्री यादवद्वारा आर्थिक सहयोग

सोमबार, १० फागुन २०७२, १८ : ५०
सोमबार, १० फागुन २०७२
सप्तरी – मधेस आन्दोलनका क्रममा सप्तरीको भारदहमा मृत्यु भएका दुईजनाको परिवारलाई सिँचाइमन्त्री उमेश यादवले आर्थिक सहयोग गरेका छन् । भारदहमा आइतबार मन्त्री यादवले रु ११ हजारका दरले आर्थिक सहयोग गर्नुभएको बताइएको छ । मधेस आन्दोलनका क्रममा प्रहरीको गोलीबाट सप्तरीको भारदह–१ का राजीव राउत र पोर्ताह–१ का रामकृष्ण राउतको मृत्यु भएकोमा उनीहरूका परिवारलाई सो आर्थिक सहयोग मन्त्री यादवले गरेका हुन् । गत भदौ १ गते राजीवको र भदौ २३ गते रामकृष्णको प्रहरीको गोलीबाट ज्यान गएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप