धादिङमा महिला–पुरुष समान ज्याला
धादिङ – गाउँमा काम गर्दा थोरै ज्याला पाउने हुँदा महिलाको काममा न्यून सहभागिता हुने गरेकामा गैरसरकारी निकायले बराबरी ज्याला दिने नियम लागू गरेपछि अहिले सहभागिता बढ्न थालेको छ ।
गाउँमा बाटो बनाउन, सिँचाइ कुलो मर्मत गर्न, पहिरो रोकथाम गर्नका लागि उत्तरी धादिङको गाउँमा महिलाको सहभागिता बढी देखिएको हो । सहयात्री समाजले केयर नेपालको साझेदारीमा बसेरी, बुढाथुम, मूलपानी, फूलखर्क, आगिनचोक र सल्यानटार गाविसमा कामका लागि नगद कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा सहभागीमध्ये महिलाको सङ्ख्या आधाभन्दा बढी रहेका समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिए ।
एक एक जनाका दरले काम गर्ने गरी सो कार्यक्रममा सहभागी गराइने र सबैभन्दा गरिब परिवार छानेर यस्तो कार्यक्रम गरी ज्याला उपलब्ध गराइने भएपछि महिलाको सहभागिता बढेको कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।
पहिले गाउँमा पुरुषले काम गर्दा दैनिक रु ५०० र महिलाले त्यही काम गर्दा रु ३०० ज्याला पाउने गर्थे । सामाजिक परिचालक शोभा कोइरालाका अनुसार बाटो र कुलो मर्मत वा पहिरो रोकथामका लागि काम गर्दा महिला वा पुरुषले रु ५२५ ज्याला र दैनिक खाजाका लागि रु १७५ खर्च पाउँछन् । यसरी दिइने ज्यालामा समानता भएकाले महिलाको सहभागिता बढेको बुढाथुम गाविसकी सुनु नेपालीले बताइन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण