आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अपहरण गरी फिरौती माग्ने लिम्बू पक्राउ

आइतबार, १६ फागुन २०७२, २० : ४६
आइतबार, १६ फागुन २०७२

सुरुङ्गा (झापा) -  झापाका अलैँची व्यवसायी सुनिलकुमार विन्दलाई अपहरण गरी फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा धरमपुर–२ निवासी ३९ वर्षीय सञ्जय कुरुङ्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका लिम्बूलाई आज नै जिल्ला अदालत झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए । गत वर्ष माघ १८ गते अग्रवालकै साथी बजरङ्ग पन्सारी अग्रवाल र लिम्बूसहितले अलैँची व्यवसायी सुनिललाई अपहरण गरी बन्धक बनाएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न पन्सारीलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो भने लिम्बू फरार थिए । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी लिम्बूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप