आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दरबारमार्गको वीम्पी रेष्टुरेन्टमा आगलागी, ४० लाख बराबरको क्षति

सोमबार, १७ फागुन २०७२, ०७ : २९
सोमबार, १७ फागुन २०७२

काठमाडौं–दरबार मार्गको एक रेस्टुरेन्टमा सोमबार बिहान आगलागी भएको छ । दरबार मार्गस्थित वीम्पी रेस्टुरेन्टमा भएको हो । आगलागीबाट झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षक दिलिप कुमार हुमागाईंका अनुसार बिहान ३ः२० मा आगलागी भएको हो । १ घण्टाभन्दा बढि समयसम्म आगलागी भएको थियो । आगो दमकल तथा प्रहरीको मद्दतमा बिहान ४ः४० मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगो लागिएको भनिएपनि आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीको क्षतिबारे पूर्ण विवरण भने आउन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप