आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जलेश्वरमा रोकिएन आन्दोलन, झुठा मुद्दा फिर्ताले भन्दै दिनहुँ जुलुस

सोमबार, १७ फागुन २०७२, ०८ : ०३
सोमबार, १७ फागुन २०७२

जलेश्वर–आफ्ना कार्यकर्ताहरुलाई झुठा मुद्दा लगाई पक्राउ गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ४ दिनदेखि लगातार नगरक्षेत्रमा जुलुस प्रदर्शन गर्दैैै आएको छ । मोर्चाको पुर्व घोषित विरोध जुलुसकै क्रममा आईतवार समेत मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष सुर्य नारायण यादवको नेतृत्वमा जुलुस निकालिएको हो ।

झुठा मुद्दा फिर्ता गर, प्रहरी दमन बन्द गर, मधेशको मांग सम्बोधन गरलगायतका नारासहित सो जुलुस प्रदर्शन गरिएको थियो । गणतान्त्रिकको नेतृत्वमा रहेको सो जुलुसमा मोर्चा आबद्ध सातवटै दलका प्रतिनिधीहरुको सहभागिता देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप