आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल सुरक्षित छ भन्दै स्वीटजरल्याण्डमा व्यापक प्रचारप्रसार

सोमबार, १७ फागुन २०७२, ०८ : २४
सोमबार, १७ फागुन २०७२
स्वीटजरल्याण्ड – भुकम्प पश्चात नेपालको अधिकाशं पर्यटकीय क्षेत्रहरु पूर्ण रुपमा क्षति भएको भन्ने हल्लालाई स्वीटजरल्याण्डका नेपालीले उक्त हल्ला गलत हो भन्दै व्यापक प्रचार प्रसार गरेका छन् ।
लगभग ५० जना नेपाली उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै आयोजक तेन्जिंग शेर्पाले भन्नु भयो – यो हाम्रो पहिलो अभियान हो जुन अभियानले बाटोमा बसेर चन्दा उठाउनु भन्दा नेपालमा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन सकियो भने नेपालको आथिक उन्नति हुने छ । गत बर्षको विनाशकारी महाभूकम्पले घरि घरि चस्स पोली रहेको छ । यस्तै विभिन्न कारणले गर्दा हाम्रो सुन्दर देश नेपालको प्रमुख आय श्रोत पर्यटन व्यवसायमा पर्न गएको असरलाई मध्य नजर राख्दै नेपाल पर्यटकको लागि सुरक्षित छ भन्ने मूल नाराका साथ स्वीसको कुना कुनामा प्रचार प्रसारमा जाने नेपालको पर्यटन बिकाश प्रति चासो राख्दै अरु थप कार्यक्रम गरिने अर्का आयोजक कमल भट्टले जानकारी दिए।
नेपालको हरेक क्षेत्रमा प्रत्यक्ष रुपमा भुकम्पको प्रभाव नरहेपनि भुकम्प पछिका समस्याहरु देखिन थालिसकेको छ।
नेपालका धेरै पर्यटकीय सहरहरु सुनसान हुदै गैरहेको छ । राजधानीका तिनै क्षेत्र काठमाडौ, भक्तपुर र पाटन भुकम्पले प्रभावित हुँदा पर्यटकहरुमा नकारात्मक छाप बसिरहेको छ यसैले नेपाल पर्यटक को लागि सुरक्षित भएको कुरा हामीले विश्वको धेरै पर्यटन आउने देश स्वीसबाट यो अभियान चलाउन लागेको आयोजकले बताए।
हात हातमा नेपालको झण्डा बोकेर गएका नेपालीहरुले हजारौ पर्यटक आउने उक्त स्थानमा गरिएको कार्यक्रम पश्चात नेपालको खस्किरहेको पर्यटन केही हदसम्म माथि उठ्न सक्ने बिश्वास लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप